Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यौन क्षमता बढाउन खानुहोस् यस्ता खानेकुरा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 6.4K
    SHARES

एजेन्सी । यौन कार्यलाई सुखद् र लामो समय बनाउनका लागि विभिन्न औषधिहरुसमेत बनेका छन् । ती औषधीहरुको प्रयोगले यौन कार्यलाई लामो समय रहने दाबी गरिने गरिएको छ ।

यौन सन्तुष्टिका लागि पार्टनरबीच लामो समय यौन क्रियाकलाप भएको खण्डमा यौन जीवन सकारात्म हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

यौन तथा शारीरिक सम्पर्क प्राकृतिक परम्परा भएकाले यसलाई पुरा गर्न शक्तिको आवश्यकता पर्दछ । स्वास्थ्य चिकित्सकका अनुसार महिला भन्दा पुरुषमा धेरै यौनशक्ति आवश्यक हुन्छ ।

यौनक्षमता कम हुँदै जानुमा शरीरमा हर्मोनको कमी मुख्य कारण रहेको चिकित्सकहरू बताउँछन् । यौन क्षमता बढाउनका लागि खानपान, शारीरिक व्यायाम आदीलाई विशेषा ध्यान दिन जरुरी रहनेछ ।

दुई पार्टनरलाई सनुष्टि हुनका लागि यौन क्रियाकलाप हुन सकेन भने त्यसले सम्बन्धमा समेत समस्या ल्याउन सक्ने हुँदा यौन क्षमतालाई ध्यान दिन जरुरी हुन्छ ।

यदि हामीले आफ्नो दैनिक आहारमा सन्तुलन मिलाउन सकेको खण्डमा त्यसैअनुरूप यौनक्षमता सधैँ सुन्तुलित रहन्छ । यहाँ यौनक्षमतावर्धक ८ वनस्पतिजन्य आहारबारे जानकारी दिइन्छ, जुन सबै मानिसको पहुँचमा छन् र सबै हिसाबले स्वस्थकर छन् ।

१.गाँजर
गाँजरमा भिटामिन ‘ए’ पाइन्छ । यसको सेवनले पुरुषमा शुक्रकीट बढाउँछ । गाँजरको सेवन निरन्तर गर्नाले पुरुषको यौनक्षमतामा वृद्धि हुन्छ ।

२. भिन्डी
भिन्डीमा विभिन्न किसिमका भिटामिन पाइन्छन् । यसको नियमित सेवनले सम्भोगसम्बन्धी समस्यामा कमी आउँछ । साथै, यसले यौनक्षमतामा वृद्धि ल्याउँछ ।

३. गोलभेँडा
गोलभेँडामा पाइने लाइकोपिन तत्त्वले मानिसमा यौनइच्छा बढाउँछ । यसको सेवनबाट पुरुषमा प्रोस्टेट क्यान्सरको खतरासमेत न्यूनीकरण हुन्छ ।

४. लशून
लशूनमा कामोत्तेजक गुण हुन्छ । लशूनको सेवनले रक्तप्रवाहलाई राम्रो बनाउँछ ।

५.प्याज
प्याज स्वास्थ्यका लागि लाभदायी छ । प्याजको सेवनले यौनांगको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौनइच्छा तीव्र बनाउँछ ।

६. काउली
काउलीमा पाइने पौष्टिक तत्त्वले पनि यौनक्षमतामा वृद्दि ल्याउँछ ।

७. गान्टेमूला
गान्टेमूलाबाट नाइट्रेट तत्त्व प्राप्त हुन्छ । यसको सेवनले यौनांगमा रक्तप्रवाहमा सुधार आउनुका साथै यौनक्षमता वृद्धि हुन्छ । गान्टेमूलाको सेवनले हर्मोनमा सन्तुलन ल्याउँछ ।

८. पालुंगोको साग
पालुंगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा वृद्धि ल्याउनुका साथै यौनांगमा रक्तप्रवाहसमेत बढाइदिन्छ । तर, उच्च रक्तचाप हुने व्यक्तिले नियमित पालुंगोको साग खान नहुने बताइन्छ ।

९ .एभोगार्डो

फोलिक एसिड र विटामिन बी६ दुबै एक स्वस्थ सेक्स ड्राइव का लागि आवश्यक छ । फोलिक एसिड शरीरलाई ऊर्जाको साथ पंप गर्न सहयोग गर्छ । जबकि विटामिन बी ६ले हार्मोनलाई स्थिर बनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४