Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामसुङको नाफा आकासियो, ३ महिनामा सवा ८ अर्ब मुनाफा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २८ २०७७
  • 2.8K
    SHARES

काठमाडौँ । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले चालु वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा उत्साहजनक मुनाफा आर्जन गर्न सफल भएको छ ।

वर्षको सुरुवातमै अमेरिकास्थित चिप उत्पादन गर्ने एक कारखाना अत्यधिक चिसो तथा हिमआँधीका कारण अस्थायी रुपमा बन्द हुँदा समेत सामसुङको पहिलो त्रैमासिकको मुनाफा गत वर्षको सोही अवधिको भन्दा ४० प्रतिशतले वृद्धि भएको छ ।

बुधबार सार्वजनिक भएको रिपोर्ट अनुसार जनवरीदेखि मार्च सम्मको अवधिमा सामसुङको कूल सञ्‍चालन मुनाफा ९.३ ट्रिलियन कोरियन वन अर्थात् ८ अर्ब ३० करोड अमेरिकी डलर रहेको छ ।

यस अवधिमा सामसुङका वस्तु तथा सेवाको बिक्रिमा १७ प्रतिशतको बढोत्तरी देखिएको छ । अर्थात् यस अवधिमा सामसुङले ५८ अर्ब २० करोडका वस्तु तथा सेवा बिक्रि गरेको छ । सामसुङको उल्लेखित मुनाफा तथा आम्दानीको अंक यसअघि विश्लेषकहरुले गरेका पूर्वानुमान अनुसार नै रहेको बताइएको छ ।

गत फेब्रुअरीमा अमेरिकाको टेक्सासमा भयानक हिउँदे आँधीका कारण बिजुली आपूर्ति बन्द हुँदा अस्टिनस्थित सेमिकन्डक्टर कारखाना बन्द गरिएको थियो । यद्यपि, मार्चको अन्त्य सम्म आइपुग्दा उक्त कारखानाबाट हुने उत्पादन सामान्य स्तरमा आइसकेको थियो ।

विश्लेषकहरुका अनुसार अस्टिनस्थित चिप उत्पादन कारखानामा भएको अवरोधले सामसुङलाई ३५ करोड ८० लाख घाटा भएको छ । विश्वमा चिप उद्योगहरुले माग धान्न नसकिरहेको र विश्व बजारमा चिपको आपूर्ति अभाव भैरहेको समयमा सामसुङको अस्टिनस्थित कारखाना बन्द गर्नुपरेको थियो ।

गत महिना सामसुङका सिइओ कोह डोंग जिनले लगानीकर्ताहरुलाई सम्बोधन गर्दै कम्पनीले आपूर्ति श्रृंखलामा समस्या झेलिरहेको बताएका थिए । र, त्यस्तो समस्या सम्बोधनका लागि कम्पनीले संघर्ष गरिरहेको र दोश्रो त्रैमासिकमा पनि समस्याको सामना गर्नुपर्ने सम्भावना रहेको बताएका थिए ।

पहिलो त्रैमासिकमा सामसुङ कम्पनीको मुनाफामा वृद्धि हुनुमा यसको स्मार्टफोन व्यवसाय चम्किनु पनि हो । गत जनवरीमा सार्वजनिक भएको ग्यालेक्सी एस २१ स्मार्टफोन समेत बजारमा लोकप्रिय बनिरहेको छ ।

सिएनएनबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४