Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लागुऔषध ल्याउने पक्राउ, सङ्गठित अपराधका दोषी कारागार चलान


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 4.4K
    SHARES

काठमाडौँ । नियन्त्रित लागुऔषधसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागुऔषध ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारगन र ३०० एम्पुल नुर्फिनसहित बारा कलैया उपमहानगरपालिका–४ घर भएका २० वर्षीय आश्रय आलमलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नागढुङ्गास्थित सुरक्षा चौकीमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना८ख ७१९५ नंको बसमा जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

यसैबीच काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित दिपीका गेष्ट हाउसको शौचालयमा मकवानपुर घर भएका ४५ वर्षीय भीम थिङ आज मृतावस्थामा फेला परेका छन् । सो घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • सङ्गठित अपराध मुद्दाका फरार व्यक्ति पक्राउ

उता मानव बेचबिखन तथा ओसारपसार एवं सङ्गठित अपराध मुद्दाका फरार प्रतिवादी काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी बस्ने झापा कन्काई नगरपालिका–५ घरका ३८ वर्षीय राजन भन्ने जगतबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ साल चैत २ को फैसलाले उक्त मुद्दामा १० वर्ष कैद र रु ५० हजार जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–९ तिलगङ्गाबाट पक्राउ गरेको सिआइवीले आज एक सूचना जारी गरी जनाएको छ । उनले ओमानमा घरेलु कामदारका रुपमा रोजगारी दिलाउने प्रलोभनमा पारी विनाश्रम स्वीकृति गैह्रकानूनी तरिकाले २०७३ साल फागुन १३ मा पीडितबाट रु तीन लाख ५० हजार रकम लिई भिजिट भिसामा युएईको दुबई पठाएका थिए ।

ओमनको सीमावर्ती क्षेत्रमा पीडितलाई बन्धक बनाई शारीरिक, मानसिक र आर्थिक यातना दिई शोषण गरिराखेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र दुबईस्थित नेपाली राजदूतावास समेतको सहकार्यमा पीडितलाई उद्धार गरिएको थियो । उनलाई जिल्ला अदालत काठमाडौँको आदेशले आजै कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४