Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपा अनिर्णीत बन्दा ३ दलको बैठक विनानिष्कर्ष सकियो !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 3.2K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसको आह्वानमा बसेको ३ दलको बैठक विनानिष्कर्ष सकिएको छ । शुक्रबार दिउँसो काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सम्मेलित बैठक बसेको थियो ।

बैठकमा नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने औपचारिक रुपमा माओवादी केन्द्र र जसपालाई जानकारी गराएको बताइएको छ ।

तर यो बिषयमा जसपाले पार्टीको बैठक बसेर निणर्यय गर्ने बताएपछि बैठक विनानिष्कर्ष सकिएको हो । उता नेकपा माओवादी केन्द्रले भने काँग्रेसको प्रस्तावलाई सकरात्मक लिएको बताइएको छ ।

नेपाली काँग्रेसले यसअघिको आन्तरिक बैठकमा प्रधानमन्त्री ओलीको राजीनमा माग्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निष्कर्षमा पुगिसकेको थियो ।

जसपा भने ओली नेतृत्वकै सरकारमा सामेल हुने या नेपाली काँग्रेस नेतृत्वको नयाँ सरकारमा सामेल हुने भन्ने बिषयमा अन्योलमा छ । उसले ओली सरकारमा सहभागी हुन केही मागहरु पनि प्रस्तुत गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४