Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवा–पौडेलको जुहारी : अर्को चान्स मिस नहोस्, संख्या नपुग्ने खेलमा छैन !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 4.2K
    SHARES

काठमाडौं । नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक मञ्चमै जुहारी खेलेका छन् ।

शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रियभेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलले जोखना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेको बताए ।

तर सभापति देउवाले त्यसको खण्डन मात्र गरेनन्, संख्या नपुगेसम्म अघि नबढ्ने बताए । यदि अरु अगाडि बढ्न तयार भए स्वीकार गर्ने उनले बताएका छन् ।

  • एउटा चान्स मिस भयो : पौडेल

वरिष्ठ नेता पौडेलले एमाले र माओवादी केन्द्र बन्नु अगाडि नै नेतृत्वले सरकार गठनको अवसर गुमाएको बताए । उनले अघि भने, ‘जोखाना हेर्दाहर्दै एउटा चान्स मिस गर्‍यो । अर्को चान्स मिस गर्ने हो भने रुन पाउनु न हाँस्न पाउनु भन्ने हुनेछ ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रको भर्‍याङ चढेर सर्वसत्तावादको धुरीमा पुग्न चाहेको भन्दै उनले यसबाट मुक्ति दिनसक्नुपर्ने बताए । ‘चुनाव चुनाव मात्र भनेर सुख पाइँदैन । निरंकुशतातिर गएको सत्ताका लागि विकल्प खोज्न उदार बन्नुपर्छ’ उनले भने, ‘विकल्प खोज्नका लागि उदार भएर सहमति सम्झौता गर्नुपर्छ ।’

  • देउवाको जवाफ : संख्या नपुग्ने खेलमा लाग्दिनँ

त्यसपछि बोलेका सभापति देउवाले पौडेलको भनाइको खण्डन गरे । कांग्रेससँग संसदको एक चौथाई संख्या पनि नभएको भन्दै उनले भने, ‘कम्युनिस्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेर मैले भनेकै हो । तर जनताले हामीलाई भोट दिएनन्, तपाई (रामचन्द्र पौडेल) पनि हार्नु भएको हो ।’

आफूले प्रधानमन्त्री दिँदा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर गएको उनले बताए ।

देउवाले अघि भने, ‘बल्ल थाहा पाए प्रचण्डले । उसबेला मैले प्रधानमन्त्री हुनुस् भन्दा नमानेको । खुट्टै नटेक्ने मान्छे, अहिले ओलीको लात खाएपछि ठीक भएको छ ।’

अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुस् भने पनि (सरकार गठनका लागि चाहिने) संख्या नपुगेको उनले बताए । आफूले म नै प्रधानमन्त्री हुनुपर्छ नभनेको भन्दै देउवाले भने, ‘म संख्या नपुग्ने खेलमा छैन । कसैलाई बनाएर हुन्छ भने म तयार छु ।’

तर गलत सम्झौता नगर्ने उनले बताए । सरकार बने राम्रै हुने बताएका देउवाले चुनावबाहेक अर्को बाटो उचित नहुने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४