Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलेसियामा गएको ३ महिनामा नै मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ८ २०७५
  • 3.3K
    SHARES

बेशीशहर । दूधपोखरी गाउँपालिका १–दूधपोखरीको डाँडागाउँका २१ वर्षीय कुमार गुरुङको मलेसियामा मृत्यु भएको छ । उनी राजधानी क्वालालाम्पुरस्थित मिसन फुड कम्पनीमा काम गर्थे ।

रोजगारीको लागि घरबाट मलेसिया गएको ३ महिनामै उनको मृत्यु भएको हो । शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । पारिवारिक स्रोतका अनुसार उनी गत माघ ११ गतेमात्रै काठमाडौंबाट मलेसिया गएका थिए ।

दूधपोखरीस्थित बाघभैरव प्राविका शिक्षक इमानसिंह गुरुङका अनुसार उक्त घटना शुक्रबार साँझ मात्रै थाहा भएको र शनिबार बिहान मात्रै परिवारलाई भनिएको थियो । उनका अनुसार कुमारसँगै ६ जना नेपाली कामदार बस्थे ।

उनीहरुले बताएअनुसार बिहान ड्युटीमा सँगै गएको र सञ्चो नभएको भनी कुमार बीचबाटोबाटै कोठामा फर्केका थिए । दिउँसो खाना खान आउने समयमा कुमार शौचालयमा मृत अवस्थामा भेटिएको उनीसँगै बसेका नेपाली कामदारले बताएको शिक्षक गुरुङले बताए ।

कमाउन विदेश गएका छोराको निधनपछि उनका बुवाआमासँगै स्थानीय शोकमा डुबेको स्थानीय कुमारी गुरुङले जन न्युज नेपाल खबरलाई  बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४