Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपतिले ६ सय ३३ जनालाई विभूषित गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 2.3K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गर्नुहुने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शितल निवासमा बिहान १० बजे सुरु हुने विभूषण समारोहमा विभिन्न व्यक्तिलाई विभूषित गर्न लाग्नु भएको हो ।

महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेष्णी, एज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीलगायतका पदवी र अलंकार विभिन्न क्षेत्रका सयौँ व्यक्तिलाई प्रदान गर्न लागिएको हो ।

२०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा सुशोभन गर्ने भनिएकोमा कार्यक्रम स्थगित भएपछि रोकिएका ४ सय ५० जनालाई पनि आज पदक वितरण गर्न लागिएको गृहमन्त्रालयले जनाएको छ ।

सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षमा गृहमन्त्री रामबहादुर थापा, प्रा.डा.मीना वैद्य मल्ल, प्रा.डा. ईन्द्रजित राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव, उपरथी विनोद कुमार श्रेष्ठ र गृह सचिव महेश्वर न्यौपाने सदस्य रहेको विभूषण समितिको बैठकले विभूषित हुने व्यक्तिहरुको नाम तय गरेको हो ।

विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई मानपदवीबाट विभूषित गरिँदै आएको छ । तर, पछिल्लो समय मानपदवी वितरणमा व्यक्तिगत स्वार्थ र राजनीति हाबी भएको भन्दै कतिपय व्यक्तिले मानपदवी बहिस्कार गर्दै आएका छन् ।

यसअघि विभूषणका लागि छनोट गरिएका निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, पूर्वराजदूत ज्ञानचन्द्र आचार्य र वरिष्ठ अधिवक्ता शम्भु थापा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले प्राप्त मानपदवी लिएका छैनन् ।

यस्तै, गायक पशुपति शर्मा, लेखक झलक सुवेदी, पत्रकार शिव गाउँले, क्रिकेटर पारस खड्का, सन्दीप लामिछानेलगायतले पनि मानपदवी लिएका छैनन् । उनीहरूका मानपदवी गृह मन्त्रालयमा थन्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४