- कांग्रेस सांसद थापालाई जवाफ फर्काउँदै एमाले सांसद बस्नेतले अहिले रहेको सांसदको संख्या देखाएका हुन् ।
‘२०६४ सालमा एमालेलाई जनताले ३४ सिटमा सीमित गरिदिएका थिए । २०७४ को निर्वाचनमा जनताले कांग्रेसलाई २३ सिटमा सीमित गरिदिएका छन् । समानुपातिकसमेत हिसाब गर्दा उहाँहरूको ६३ सिट छ’, उनले भने, ‘त्यसो हुनाले प्रधानमन्त्रीलाई च्यालेन्ज गरेर बालहठ देखाउने साथीहरूलाई म भन्न चाहन्छु– यो बोकाको शैलीले दाईं गरिँदैन, दाईं गर्न गोरुकै शैली चाहिन्छ ।’
- संसदको यही संख्या देखाउँदै नेता बस्नेतले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले नै प्रतिनिधित्व गर्ने बताए ।
‘आज संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले प्रतिनिधित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असंख्य योजनाहरूलाई हामीले सके सहयोग गरौं नसके बस्तुनिष्ट ढङ्गले त्यसको विरोध गरौं’, नेता बस्नेतले भने ।
- गत निर्वाचनमा नेकपा एमालेले १२१ सिट जितेको थियो । एमालेले प्रत्यक्षतर्फ ८० सिट र समानुपातिकतर्फ ४१ सिट हो ।
कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिट जितेको थियो । नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट जितेको थियो । संसदमा हाल जनता समाजवादी पार्टीको एकीकरणपछि अहिले ३४ सांसद छन् ।