Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतले किन ढिलो गर्‍यो बाँकी खोप दिन ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 2.3K
    SHARES

काठमाडौं । आन्तरिक माग बढेको कारण देखाउँदै सम्झौता भइसकेको १० लाख खोप नेपाललाई उपलब्ध गराउन भारतले ढिलाइ गरेको छ ।

यस अगाडि भारतले अप्रिलको पहिलो साताभित्र खोप उपलब्ध गराउने आश्वासन दिएको थियो । तर, कोरोना संक्रमितको संख्या ह्वात्तै भएको कारण देखाउँदै आन्तरिक माग पूरा गर्ने आफूहरुको प्राथमिकता रहेको भारतले जानकारी दिएको छ ।

सरकारी अधिकारीहरुका अनुसार भारतले आफूले खोप निर्यातमा कुनै पनि खालको प्रतिबन्ध नलगाएको तर प्राथमिकता आन्तरिक माग रहेको जानकारी गराएको छ । गत शुक्रबार भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्छीले भारतको खोपको प्राथमिकता बारेको नीति अन्य मुलुकलाई औपचारिक च्यानलमार्फत जानकारी गराइएको छ ।

एक उच्च सरकारी अधिकारीले नेपालले पैसा तिरिसकेको १० लाख खोप उच्च प्राथमिकतामा रहेको जानकारी भारतीय पक्षबाट आएको बताए । यद्यपि भारतले खोप उपलब्ध गराउन केही ढिलो भने हुने उनले बताए । ती अधिकारीले अनलाइनखबरसँग भने, ‘भारतले आन्तरिक मागलाई प्रमुख कारण भनेको छ तर अन्य कारण पनि हुनसक्छन्, अपि्रलको अन्तिम सातासम्म उपलब्ध गराउने आश्वासन पाएका छौं ।’

अधिकारीहरुका अनुसार आन्तरिक माग जति नै भए पनि भारतले चाहने हो भने १० लाख खोप उपलब्ध गराउन कुनै पनि खालको कठिनाइ छैन । आन्तरिक मागलाई प्राथमिकता दिएको भनिए पनि भारतले विभिन्न मुलुकलाई अनुदानमा खोप उपलब्ध गराउँदै आएको छ ।

१० लाख खोप उपलब्ध गराउन स्वास्थ्य र परराष्ट्र मन्त्रालयले नियमित रुपमा फलोअप गरिरहेका छन् । केही दिन अगाडि स्वास्थ्यमन्त्री हृयदेश त्रिपाठीले भारतीय अधिकारीहरुसँग कुराकानी गरेका थिए ।

१० लाख डोज अनुदानमा प्राप्त भए पनि नेपालले भारतबाटै ५० लाख खोप खरिद गर्ने योजना बनाएको छ । यस सम्बन्धमा सरकारका विभिन्न च्यानलले भारतीय पक्षसँग कुराकानी पनि गरिरहेका छन् । प्रतिखोपका लागि ५ डलरसम्म तिर्न पनि नेपाल तयार भएको छ । भारत सो सम्झौता गर्न तयारसमेत भएको छ ।

तर सम्झौता भएपछि खोप उपलब्ध गराउने टाइमलाइन यकिन हुनुपर्ने सर्त रहेको स्थास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ती अधिकारीले भने, ‘हामीले पैसा तिर्ने तर अहिलेजस्तो ढिलो हुने हो कि भन्ने भय छ ।’

भारतले विश्वका ७७ भन्दा बढी मुलुकहरुलाई खोप उपलब्ध गराइसकेको छ । भारतबाट खोप प्राप्त हुने प्रक्रियामा ढिलाइ हुँदा अन्य मुलुकहरुबाट खोप किन्ने प्रक्रिया समेत अगाडि बढ्न सकेको छैन । एक सरकारी अधिकारी भन्छन्, ‘खोप खरिदमा पनि भूराजनीतिक प्रतिस्पर्धाको असर गर्ने जस्तो देखिने अवस्था सिर्जना हुँदैछ ।’

नेपाललाई छिमेकी मुलुक चीनले कोरोनाविरुद्धको भेरोसेल खोप आठ लाख डोज अनुदानमा उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४