Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्ट्रेलिया-न्युजिल्याण्डको सीमा खुला, क्वारेन्टिन बस्न नपर्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 6.9K
    SHARES

काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डले एकअर्काका नागरिकलाई क्वारेन्टिनमा बस्न नपर्ने गरी सीमा खोल्ने निर्णय गरेका छन् । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले मंगलबार उक्त निर्णय सार्वजनिक गरेकी हुन् । यो निर्णय अप्रिल १९ देखि कार्यान्वयनमा आउनेछ ।

गत अक्टोबरयता न्युजिल्याण्डका पर्यटकहरुलाई अष्ट्रेलियाका सबैजसो राज्यमा क्वारेन्टिन विना नै प्रवेशको अनुमति दिइएको छ तर न्युजिल्याण्डले क्वारेन्टिन अनिवार्य गर्दै आएको छ । यी दुवै मुलुकमा कोरोना संक्रमण अहिले शून्यको हाराहारीमा झरेको छ ।

गत वर्षको मार्च महिनामा अष्ट्रेलिया र न्युजिल्याण्डले आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेका थिए । उनीहरुले विदेशी आगन्तुकलाई अनिवार्य क्वारेन्टिनको नियम लगाएका छन् ।

न्युजिल्याण्डकी प्रधानमन्त्री अर्डनले कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना गर्दै कोरोनामुक्त बनेको अन्य मुलुक विश्वमा नभएको भन्दै यो मामिलामा विश्वका अन्य मुलुकलाई आफूहरुले नेतृत्व गरिरहेको बताइन् ।

कोरोना महामारी सुरु हुनुभन्दा पहिला वाषिर्क १५ लाख अष्ट्रेलियाली नागरिकले न्युजिल्याण्ड भ्रमण गर्ने गरेका थिए । यो संख्या न्युजिल्याण्ड भ्रमण गर्ने समग्र पर्यटकको करिब ४० प्रतिशत हो ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४