Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्यालय बनाउन भारतद्वारा ४ करोड २९ लाख सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 4.1K
    SHARES

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतले सहयोग गरेको छ ।

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत अनुमानित ४ करोड २९ लाखको लागतमा सो परियोजनालाई उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा अघि बढाइने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

जसका लागि भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच साेमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा त्रियुगा नगरपालिकाका मेयर र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवले हस्ताक्षर गरेका छन् ।

भारत सरकारले सन् २००३ यता साविकको ‘साना विकास परियोजना’ र हालको ‘उच्च प्रभाव सामुदायिक परियोजना’ अन्तर्गत ५२० भन्दा धेरै परियोजना अघि बढाएकोमा नेपालका सातै वटा प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई, तथा अन्य सार्वजनिक सुविधाका क्षेत्रमा हालसम्म ४४८ वटा परियोजना सम्पन्न भइसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४