Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वायु प्रदूषणको अवस्था आज पनि घातक, सतर्क रहन चिकित्सकको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 2.6K
    SHARES

काठमाडौं । केही दिन हल्का सुधार भएको काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि उच्च तहमा पुगेपछी सावधानी अपनाउन जनस्वास्थ्यविदले सुझाव दिएका छन् ।

देशमा डढेलो, सवारी साधान तथा उद्योगबाट निस्किएको धुँवा तथा धुलो र वर्षाको कमीका कारण वायुमण्डलमा जमेको धुलोको कणका कारण वायु प्रदूषित बनेको हो ।

अहिले पनि काठमाडौँ विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा छ । आइक्यूएअरका अनुसार काठमाडौँको वायुको एक्यूआई (वायुको गुणस्तर सूचांक) आज ३१७ रहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा रहनुपर्ने हो । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ ।

यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मान्ने गरिएको छ । गते बुधबार बेलुका काठमाडौँ उपत्यकासहित क्षेत्रमा पानी परेपछि वायु प्रदूषण केही कम भएको थियो।

तर त्यसपछि पानी पर्ने क्रम रोकिएको र देशभर डढेलो बढ्दो क्रममा हुँदा वायु प्रदूषण फेरि उच्च विन्दूमा पुगेको हो । यसैबीच वायु प्रदुषण दर उच्च बिन्दुमा पुगेका कारण नेपालका आन्तरिक उडानहरु प्रभावित बनेका छन् । हिजो भरतपुर, पोखरा, भैरहवाको बिमानस्थलको भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४