Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पार्टी छोडेर मन्त्री बनेका आङ्बुहाङको सांसद पद चट, मन्त्री पद पनि धरापमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २३ २०७७
  • 5.2K
    SHARES

विराटनगर । पार्टी परित्याग गर्दै प्रदेश १ को सरकारको मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ । मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो ।

नेकपा माओवादी केन्द्र त्याग गरेको भन्ने विषयमा माओवादी केन्द्रले स्पष्टिकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले  आङ्बुहाङमाथि पार्टीले कारबाही गरेको माओवादी केन्द्रले जनाएकाे छ ।

एमाले प्रवेश गरेर आर्थिक मामिला तथा योजनामन्त्री बनेका आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उहाँले स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।

पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । साथै आंङ्बुहाङलाई पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ ।

दल त्याग गर्दै मन्त्री बनेका आङ्बुहाङ ६ महिना मात्रै मन्त्री हुनेछन् । गैर सांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने व्यवस्था रहेको छ ।

प्रदेश १ सरकार गठन हुने बेलामा आङबुहाङले धेरै ठाउँमा आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने भन्दै भाषण गरेका थिए । तर, पार्टीले इन्द्र आङ्बोको नेतृत्वमा सहभागी हुने निर्णय गरेपछि असन्तुष्ट बनेका आङबुहाङ सर्वोच्चले नेकपा खारेज गरेपछि एमाले प्रवेश गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४