Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अवैध नेटवर्क व्यवसाय सञ्चालन गर्ने सातजना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ५ २०७५
  • 3.2K
    SHARES

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध नेटवर्क व्यवसाय सञ्चालन गर्ने सातजनालाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले लामो समयदेखि आइबोस ग्लोबल मार्केटिङ कम्पनीको नाममा सर्वसाधारणलाई आइबोस सदस्य बनाउने काभ्रेका राजकुमार दंगाल, भक्तपुरका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, पूर्णबहादुर श्रेष्ठ, तिर्सना सुनुवार र सोलुखुम्बुका प्रदीप राईलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

सात जनाले झण्डै आठ हजारलाई सदस्यता बनाएको अनुसन्धानमा खुल्न आएको ब्यूरोले जनाएको छ । जसमध्ये शिवाकोटीले पाँच हजार ८८९, भक्तबहादुरले २५०, रवीनले एक हजार ३२, राईले ३०१, सुनुवारले २०० र श्रेष्ठले १२१ सदस्यता बनाएको अनुसन्धानमा खुलेको छ । दंगाल भने सञ्चालक हुन् ।

६६ जनालाई नियन्त्रणमा लिएको ब्यूरोले अनुसन्धानपश्चात अरुलाई छाडेर सात जनालाई ठगी गरेको अभियोगमा कानूनबमोजिम अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४