Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २० २०७७
  • 4.8K
    SHARES

फाइल तस्वीर : कांग्रेस केन्द्रीय समिति बैठक


 काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ र, आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको  राजीनामा माग गर्ने निर्णय गरेको हो । १७ वैशाख २०७७ मा यो सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको ठहर गरेको स्मरण गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संविधान र जनविरोधी क्रियाकलाप जारी राख्यो र हुँदाहुँदा दलभित्रको द्वन्द्व हल गर्ने क्षमता नराखेर प्रतिनिधिसभा विघटन गर्ने असंवैधाकि कदम चाल्यो ।’

सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भएपनि त्यो नैतिक र राजनीतिक अभिभारा पुरा नगरेको भन्दै उनले अघि भने, ‘हामीलाई अपेक्षा थियो प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु हुनेछ ।’

तर त्यसो नभएकाले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

केन्द्रीय कार्यसमितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता शर्माले अघि भने, ‘प्रतिगमन भएको थियो र वर्तमान सरकारलाई विस्थापन गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्ने दलहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउने सन्दर्भमा एकठाउँमा उभिएर विकल्पमा जानुपर्छ ।’

केन्द्रीय कार्यसमिति बैठक अगाडि  सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच भएको छलफलमा  लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४