काठमाडौं– सरकारले आजदेखि मुलुकभर बालबालिकाहरुका लागि विद्यालय भर्ना अभियान सुरु गरेको छ । बिहीबार प्रधानमन्त्री केपी ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालबालिकाहरुका लागि अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरे । शीर्ष नेताद्वय लगायत धेरै मन्त्री र अन्य नेताहरुले समेत बालबालिकाहरुलाई विद्यालय भर्ना गरे ।
प्रधानमन्त्री केपी ओलीले सिराहाको रामदुलारी मावि कल्यापुर पुगेर दलित बालबालिका रुपाकुमारी मण्डल(खत्वे) र पवन मल्लिक (डोम) लाई विद्यालय भर्ना गरेका हुन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि चितवनको भरतपुर महानगरपालिका वडा नं २८ का माझी र मुसहर समुदायका दुई बालकलाई विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गरे । मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा बुधबार दाहालले स्थानीय राजकुमार मुसहरका नौ वर्षीय छोरा अरुण मुसहर र सुरज माझीका चार वर्षीय छोरा पत्रुस माझीलाई भर्ना गरी अभिभावकत्व ग्रहण गरेका हुन् । जन न्युज नेपाल खवर