Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्मार्ट लाइसेन्सको साटो पहिलो वर्षका लागि क्यूआर कोडसहित कार्ड दिने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १९ २०७७
  • 6K
    SHARES

काठमाडौं । सरकारले ट्रायल पास गरेको एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने भएको छ । चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै कागजी लाइसेन्स जारी गर्ने तयारी भएको हो ।

विभागका महानिर्देशक नमराज घिमिरे एक वर्षका लागि क्विक रेस्पोन्स (क्यूआर) कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरिने बताउँछन् । ‘अब आगामी जेठदेखि ट्रायल पास भएको एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स दिन्छौं,’ उनले भने,’त्यसको चार वर्षपछि चालकले फेरि लाइसेन्स नवीकरण गराउनुपर्छ ।’

क्यूआर कोडबाट ट्राफिक प्रहरीले सडकमा लाइसेन्स सक्कली हो वा नक्कली हो भनेर पुष्टि गर्नसक्ने घिमिरेले बताए ।

विभागका अनुसार परीक्षणकालीन लाइसेन्समा ट्राफिकले ५ वटाभन्दा बढी प्वाल पारेमा चालकले फेरि लाइसेन्सको परीक्षा दिनुपर्नेछ । गम्भिर प्रकृतिका ट्राफिक नियम उल्लंघन भएमा लाइसेन्समा प्वाल पर्ने व्यवस्था भएपनि स्मार्ट लाइसेन्समा त्यस्तो कारवाही सम्भव भएको छैन ।

‘एक वर्षभित्र परीक्षणकालीन लाइसेन्स ५ भन्दा बढी प्वाल परेमा स्मार्ट लाइसेन्स दिँदौनौं,’ महानिर्देशक घिमिरेले भने ।

लाइसेन्सको मागअनुसार यातायात विभागले छपाइको व्यवस्था पनि गर्न सकेको छैन । लाइसेन्स छपाइ ढिलो हुँदा अहिले धेरै चालकहरु कर तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् ।

क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरेपछि आफू लाइसेन्सविहीन भएर सवारी चलाउनुपरेको भन्दै हुने गुनासो पनि घट्ने महानिर्देशक घिमिरे बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४