Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महन्थ ठाकुरलाई खगेन्द्र संग्रौलाको प्रश्न : ओलीलाई समर्थन गर्नुपर्ने बाध्यता के छ ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०७७
  • 5.1K
    SHARES

काठमाडौं । बृहत नागरिक आन्दोलनले प्रज्ञा डबलीमा प्रमुख दलका नेताहरुलाई बोलाएर सरकार गठनको अवरोध किन जारी छ ? कहाँ अड्किएको छ हलो ? भनेर छलफल गरेको छ ।

छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल छोटो समय सहभागी भएर फर्किए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले बहसमा भाग लिए ।

नेताहरुले आफ्नो धारणा राखेपछि सहभागीहरुबाट खगेन्द्र संग्रौला र मोहना अन्सारीको प्रश्न लिए ।

लेखक संग्रौलाले सरकार गठनको साँचो जसपासँग रहेको बताए । तर जसपाका नेताहरुले जसले हाम्रो माग पुरा पर्छ, उसलाई समर्थन गर्छौ भनिरहेको भन्दै उनले केपी ओली र अरु बराबर हुन नसक्ने बताए । उनले ठाकुरलाई प्रश्न गरे, केपी ओलीलाई समर्थन गर्नुपर्ने बाध्यता के छ ?

जवाफमा ठाकुरले आफूहरुले प्रधानमन्त्री ओलीलाई समर्थन नगरेको बताए । पछिल्लो पटक भएको भेटमा पनि प्रधानमन्त्री ओलीले सरकारमा आउनुस् भनेर आग्रह गरेको भन्दै उनले भने, ‘हामीले समर्थन गरेका छैनौं । भनेको यत्ति हो, म तपाईको विरोधमा छैन ।’

उनले यसअघि धेरै लिखित सम्झौता भएपनि पुरा नभएकाले अब त्यसरी नहुने बताए । उनले अघि भने, ‘चेकले काम चल्दैन, अब नगद चाहिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४