Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एन्फा प्रेसिडेन्ट कप : स्टार सिटी एक खेल लगावै च्याम्पियन !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०७७
  • 2.6K
    SHARES

 नेपालगन्ज । सुदूरपश्चिमको स्टार सिटी युवा क्लब एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिग २०७७ को च्याम्पियन बनेको छ ।

शुक्रबार भएको खेलमा प्रदेश २ को मनकामना युवा क्लब रौतहटले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङलाई  २-१ ले पराजित गरेपछि स्टार सिटी च्याम्पियन बनेको हो ।

यस्तै अर्को खेलमा प्रदेश नम्बर १ को सैनिक युथ क्लब झापाले बागमती प्रदेशको धादिङ समाज धादिङलाई २-० ले पराजित गरेको छ ।

मनकामनाले खेल जितपछि एक खेल अगावै सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली लिग च्याम्पियन बनेको छ ।

शुक्रबार मनकामनाको जितमा शुवन बस्नेतले सुरुआतको नवौं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि पेनाल्टी अवसरमा ५८औं मिनेटमा गोल गरेर अग्रतालाई दोब्बर बनाए । भुवन खेलको म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरी त्रिवेणीका लागि अविशेख लिम्बुले २९औं मिनेटमा गोल गरे ।

५ खेल खेलेको स्टारले १३ अंक जोडेको छ । अब स्टारले आफनो अन्तिम खेल त्रिवेणीसँग खेल्नेछ । त्यो खेलको नतिजा जे आए पनि स्टारसिटी शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।

त्रिवेणीले ५ खेलमा ३ जित २ हारको सामना गर्दै ९ अंक जोडेको छ भने मनकामनाले ५ खेलमा २ जितसहित ६ अंक बनाएको छ ।

यस्तै सैनिकको जितमा जीवन गुरुङले ३६ औं मिनेट र सुरज सिंह ठकुरीले ९३औं मिनेटमा गोल गरेका थिए । खेलमा सैनिकका राजेश परियार म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शनिबार लुम्बिनी प्रदेशको धम्बोझी क्लब र कर्णालीको लेकाली युवा क्लब जुम्लाबीच प्रतिस्पर्धा हुनेछ ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णालीको लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना भइरहेको यस प्रतियोगिताको विजेतासहित शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४