Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनतालाई होली नखेल्न प्रशासनको अनुरोध, उद्योगी व्यापारीसँग होली खेल्दै मुख्यमन्त्री !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १२ २०७७
  • 11.4K
    SHARES

विराटनगर / कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले होलीका नाममा भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अटेर गरे कारवाही गर्ने प्रशासनको चेतावनी छ ।

तर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने होलीको सुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त छन् । बुधबार उद्योग संगठन मोरङमा होली खेलेका मुख्यमन्त्री बिहीबार मारवाडी सेवा सदनमा होली खेल्न पुगे ।

जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार नै सार्वजनिक स्थानमा भिडभाड नगर्न गर अटेर गरे संक्रमण रोग निवारण ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । तर बुधबार उद्योगीसँग होली खेल्न पुगेका मुख्यमन्त्री राई बिहीबार विराटनगरका व्यापारीहरुको संगठन विराट व्यापार संघले आयोजना गरेको होली सुभकामना आदान प्रदान कार्यक्रममा सहभागि भएका हुन् ।

मुख्यमन्त्रीसँगै प्रदेश सरसकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियत पनि होली खेल्न पुगेका थिए । संघीय सरकारको गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले कोरोनको जोखिम बढेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन, भिडभाड नगरी घरभित्रै बसेर होली मनाउन आग्रह गरेको छ । 

जिल्ला सुरक्षा समितिले होलीमा भिडभाड नगर्न आग्रह गर्दै अटेर गरे कारवाही गर्ने चेतावनी दिएको थियो । प्रशासनले सर्वसाधारणलाई आग्रह गरिरहँदा मुख्यमन्त्री राई भने मानेका छैनन् ।

 

‘मुख्यमन्त्री नै होलीको सार्वजनिक कार्यक्रममा सहभागि भएपछि सर्वसाधारणलाई आग्रह गर्दा नैतिक संकट पर्‍यो,’ जिल्ला प्रशासन कार्यालय स्रोत भन्छ,‘ जोखिम बढेका बेला भिडभाड गर्न हुदैन् ।’

सुरक्षा समितिको बैठक र सीसीएमसीको निर्णय अनुसार प्रहरीले बजारमा माइकिङ गर्दै सार्वजनिक रुपमा होली नखेल्न आग्रह गरिरहेको छ । पछिल्लो एकसातामा विराटनगरमा मात्रै १८ जना कोरोना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितको ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४