Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैंकहरूले दिन थाले डलर कार्ड, कसरी लिने- कति लाग्छ शुल्क?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ११ २०७७
  • 7.3K
    SHARES

नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले प्रिपेड डलर कार्ड प्रदान गर्न थालेका छन्।

एनएमबि, नबिल लगायत बैंकहरुले यस्तो कार्डको सुरुआत गरिसकेका छन्। अरु वाणिज्य बैंक र विकास बैंकहरुले पनि यस्तो कार्ड प्रदान गर्नेछन्। 

अनलाइनबाट खरिद गरिने विदेशी सामान तथा सेवाको शुल्क यसै कार्डमार्फत भुक्तानी गर्न पाइन्छ। अलिबाबा, अमेजन लगायत अनलाइन सपिङमार्फत खरिद गरिएको सामानको भुक्तानी कार्डबाट गर्न सकिने एनएमबि बैंकका कार्ड डिपार्ट प्रमुख मन्दिप भट्टराईले बताए।

‘नेटफ्लिक्सबाट फिल्म हेर्न चाहने वा शुल्क तिर्नुपर्ने अरु मनोरञ्जनात्मक कार्यक्रमको पनि कार्डबाटै भुक्तानी गर्न मिल्छ’ जन न्युज नेपाल खबर संगको  कुराकानीमा उनले भने। त्यस्तै अनलाइनबाट गरिने विज्ञापन खर्चको शुल्क पनि कार्डमार्फत तिर्न सकिन्छ।

यस्तो डलर कार्ड लिनका लागि बैंकमा खाता भने हुनुपर्छ। खाता नभएको अवस्थामा खाता खोल्न सकिन्छ। एनएमबि बैंकले ५ वर्षसम्मको अवधिका लागि यस्तो कार्ड जारी गर्ने गरेको छ। 

भट्टराईका अनुसार यसरी कार्ड जारी गर्दा कार्डको शुल्क ५ सय रुपैयाँ लिइन्छ भने अर्को ५ सय रुपैयाँ कारोबार शुल्क लिइन्छ। त्यसपछि बीचबीचमा रकम भुक्तानी गर्दाको शुल्क काटिँदैन। 

कतिपय बैंकले बीचमा कारोबार गर्दा नै शुल्क काट्न पनि सक्छन्। त्यस विषयमा ग्राहकले पहिले नै बैंकसँग जानकारी लिन सक्छन्।

एक वर्षपछि त्यही कार्ड नवीकरण गरिन्छ। नवीकरण गर्दा कार्डको शुल्क लाग्दैन। तर कारोबारवापतको थप ५ सय रुपैयाँ शुल्क लाग्ने भट्टराईले बताए। 

ncell in

खर्च गर्न मिल्नेगरी कार्डमा ५ सय अमेरिकी डलरसम्म ‘लोड’ हुन्छ। सोही दिनको बिनिमयदरअनुसार खाताबाट रकम कटौती हुन्छ। अर्थात बुधबार कार्ड बनाउनेले यस दिनको बिनिमयदरअनुसार ५८ हजार ९० रुपैयाँ तिर्नुपर्छ। ग्राहकले ५ सय डलर नभई सोभन्दा कम रकम पनि कार्डमा संकलन गर्न सक्छन्। 

नबिल बैंकले पनि कार्डवापत १ हजार रुपैयाँ शुल्क लिने गरेको छ। बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीका अनुसार यस्तो कार्डको अवधि ४ वर्षको हुन्छ। तर प्रत्येक वर्ष नवीकरण भने गर्नुपर्दछ। 

एक वर्षमा ५ सय डलरभन्दा बढी रकम भने खर्च गर्न पाइँदैन। अथवा ५ सय डलर खर्च गरिसकेपछि थप रकम खर्चिन एक वर्ष कुर्नुपर्छ। कार्ड एक्टिभ भइसकेपछि अर्थात सामान्यतः कार्ड लिएको दोस्रो दिनबाट गणना अवधि सुरु हुन्छ।

कार्ड लिँदा पान नम्वर जरुरत पर्दछ। सोही पान नम्वरका आधारबाट ग्राहकले अर्को बैंकबाट कार्ड लिए/नलिएको पत्ता लाग्छ। 

हालसम्म अनलाइनबाट सामान वा सेवा खरिद गर्दा त्यसको भुक्तानीका लागि नेपालीहरुले विदेशी कार्डको साहारा लिँदै आएका थिए। विदेशमा भएका आफन्त वा साथीभाइको कार्डमार्फत यस्तो रकम तिरिँदै आएको थियो।

‘विदेशबाट लिइएको सामानको नेपालबाटै भुक्तानी गर्न हालसम्म कुनै सुविधा थिएन, जसले गर्दा अनौपचारिक रुपमा बाहिर रकम जान्थ्यो, अब त्यस्तो खर्च औपचारिक माध्यममै आउनेछ’ भट्टराईले भने। 

जसले अप्रत्येक्ष रुपमा रेमिट्यान्सको आकारमा केही प्रभाव पारेको थियो। विदेशबाटै रकम भुक्तानी हुँदा आउने रेमिट्यान्स पनि उतै प्रवाह हुने गर्दथ्यो। 

अवैधानिक माध्यमको खर्चलाई बैधानिकमा ल्याउन राष्ट्र बैंकले गरेको यो व्यवस्थालाई बैंकरहरु सकारात्मक रुपमा लिन्छन्।  

व्यक्ति मात्रै नभई संस्थाहरुले पनि यसैगरी कार्ड लिन सक्नेछन्। संस्थाहरुका लागि पनि कारोबारको सीमा एउटै हुन्छ।यस्ता कार्ड एटिएममा प्रयोग गरेर नगद झिक्न वा पस मेसिनमार्फत भुक्तानी गर्न मिल्दैन। 

के के चाहिन्छ कागजात?
यदी खाता भएकै बैंकबाट डलर कार्ड लिने हो भने कार्डको लागि एउटा अनुरोध फारम भर्नुपर्छ। तर बैंकमा आफ्नो केवाइसी विवरण भने अद्यावधिक भएको हुनुपर्नेछ। 

प्रचलित कानुनअनुसार आफूले सो रकम खर्च गर्ने भनी स्वघोषणाको फारम पनि ग्राहकले भर्नुपर्छ।  एउटा कार्ड लिइसकेपछि अर्को बैंकबाट नलिएको, नलिने प्रतिबद्धता, प्रचलित ऐन, कानुनभन्दा बाहिर रकम प्रयोग नगर्ने प्रतिबद्धता वा गरेको पाइएमा कारबाही भोग्न तयार छु भन्ने आशय स्वघोषणामा उल्लेख हुन्छ। 

आफ्नो पान कार्ड र नागरिकताको प्रतिलिपी पनि चाहिन्छ। पान नम्वर नहुनेले भने यस्तो कार्ड पाउँदैनन्।  यदी सो बैंकमा आफ्नो खाता नभएको खण्डमा भने खाता खोल्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्नुपर्छ। 

विदेशबाट आउने रकम पनि कार्डमै संकलन हुने
कतिपय नेपालीले विदेशीको सफ्टवेयरमा काम गरेर आफ्नो पारिश्रमिक लिइरहेका छन्। त्यस्तै कतिपय युट्युव संचालकहरुले पनि सेवा शुल्क पाइरहेका हुन्छन्। यसरी आउने शुल्क ५ हजार अमेरिकी डलरसम्म कार्डमै संकलन गर्न मिल्छ। 

‘५ हजार डलरभन्दा बढी भइसकेपछि मात्रै उहाँको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्छ, उहाँहरुले ५ हजार डलरसम्म कार्डमै राख्न सक्नुहुन्छ’ भट्टराईले भने। संकलन भएको सो पुरै रकम पुनः खर्च गर्न पाइनेछ। 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४