Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री केपी शर्मा ओली रारामा, यस्तो छ कार्यक्रमको तयारी:


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ३० २०७४
  • 4.5K
    SHARES

मुगु । डोल्पालीसँगको भेटघाटसँगै त्रिपुरासुन्दरी मन्दिरको दर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेपालको ठूलो ताल रारामा आइपुगेका छन् ।

नयाँ वर्ष वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ उद्घाटन गर्न प्रधानमन्त्री ओली आज अपराह्न यहाँ आइपुगेका हुन् । उनले आजै डोल्पाको शे–फोक्सुण्डो र ढोरपाटन शिकार आरक्ष अवलोकन गरे । राराताल पुगेका प्रधानमन्त्रीको रात्रिबास भने श्रीदल गुल्म रारामा हुने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले जानकारी दिए ।

शर्माका अनुसार आज नै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक रारामा बसिरहेको छ । शनिबार बिहान ८ बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरी हुम्लाको हिल्सा अवलोकन गरेर ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार अपराह्न ३ बजे प्रधानमन्त्री ओलीको अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तेस्रो सिनेट बैठकपनि बस्ने छ ।
प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री ईश्वर पोखेरल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नगारिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, पूर्वमन्त्री जनार्दन शर्मा, कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेश सरकारका मन्त्रीलगायत, सांसद, स्थानीय सरकारका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी रहेका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४