Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संहिताको कार्यान्वयन र फौजदारी कानूनमा सुधार गरेँ : निवर्तमान महान्यायाधिवक्ता खरेल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ६ २०७७
  • 5.6K
    SHARES

‘धेरै वर्षदेखिको प्रयासबाट जारी भएको मुलुकी संहिताको कार्यान्वयन खासगरी फैजदारी संहिताको कार्यान्वयनका लागि महान्यायाधिवक्ताको रुपमा नेतृत्वदायी भूमिका गर्ने एउटा अवसर प्राप्त भयो । सरोकारवाला निकायहरुको समोन्वय र सहकार्यमा ती संहिताहरु कार्यान्वयनमा आएका हुन्,’ उहाँले सम्बोधनमा भन्नुभएको छ ।

वषौँ पूरानो कानूनी परिपापाटीलाई आधुनिकीकरण गर्दै जारी भएको कानूनहरुको कार्यान्वयनको क्रममा आइहेको समस्याहरु सुल्झाउन र कानूनी व्यवस्थाहरुमा सुधार गर्दै फैजदारी कानुनलाई तुल्याउन यो जिम्मेवारीले निकै सहयोग पुर्याएको उहाँले बताउनुभएको छ । उहाँले यो अवसरमा संहिता कार्यान्वयनमा अग्रसरता जनाउने सबैमा आभारसमेत प्रकट गर्नु भएको छ ।

त्यस्तैगरी उहाँले फैजदारी कसुर सम्बन्धी सम्बन्धित कानुनहरुको पुनरावलोकनका लागि पनि सहजीकरण गर्नका लागि पनि अवसर मिलेको बताउनुभएको छ । जसमा तेजाव आक्रमणसम्बन्धी कसुर र तेजाव नियमसम्बन्धी कानूनी व्यवस्था बन्न सकेको उहाँको भनाइ छ ।

त्यस्तै यौन जन्य हिंसा सम्बन्धी कसुरलाई थप व्यवस्थीत बनाउने प्रबन्धको पनि नेतृत्व गर्न पाएको बताउनु भएको छ । मुलुकी संहिताको कार्यान्वयनमा देखिएको कानूनी समस्यालाई संशोध मार्फत सम्बोधन गर्ने प्रयास भएको पनि उहाँले दाबी गर्नुभएको छ ।

संहितामा भएका कानूनी व्यवस्थाका बारेमा व्यवस्थाको बारेमा प्रचार प्रसार गर्ने कामसमेत भएको खरेलले बताउनुभएको छ । जसले गर्दा विशेषगरी छाउपडी प्रथा छुवाछुत बिरुद्धको कसुरसम्बन्धी कानूनलाई कार्यान्वयनमा ल्याउने बिशेष प्रयास गरेको खरेलले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४