Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोकदोहोरी दिवसको अवसरमा कलकारहरुको निशुल्क स्वास्थ्य परिक्षण काठमाडौं ।                   


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 7K
    SHARES

लोकदोहोरी दिवसको अवसरमा कलकारहरुको निशुल्क स्वास्थ्य परिक्षण काठमाडौं ।                         लोकदोहोरी दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यसमितिले स्वास्थ्य सेवासहित लोकदोहोरी दिवस मनाएको छ । प्रतिष्ठानको आयोजनामा शनिबार केन्द्रीय कार्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्यसेवाको कार्यक्रम राखिएको थियो । बसुन्धरास्थित चिरायु नेशनल हस्पिटलको सहयोगमा निःशुल्क नाक, कान, घाँटी, परीक्षण साथै रक्तदान जस्तो पबित्र सामाजिक कार्यको आयोजना गरेको थियो ।
लोकदोहोरी दिवस मनाउने क्रममा सामाजिक कार्य गर्न पाउनु सबैभन्दा उत्तम भएको कार्यक्रमका सहसंयोजक तथा प्रतिष्ठानका प्रथम उपाध्यक्ष पशुपति शर्माले जानकारी दिए । शर्माका अनुसार ११६ जनाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनुभयो ।
लोकदोहोरी क्षेत्रमा क्रियाशील कलाकारको स्वास्थ्य परीक्षण गराउन लोकदोहोरी दिवस एउटा महत्वपूर्ण अवसरमा भएको प्रतिष्ठानका केन्द्रीय महासचिव सुबास केसिले बताए । कार्यक्रममा स्वास्थ्य परीक्षण गराउने कलाकारको राम्रो उपस्थिति रहेको र सबैको सहयोगले कार्यक्रम सम्पन्न भएको केसिले जानकारी दिए ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि पूर्व अध्यक्ष दुर्गा रायमाझीले कलाकारको स्वस्थ्य परीक्षण गराउन पाउनुले लोकदोहोरी दिवस अर्थपूर्ण बनेको बताए । उनले कलाकारहरुको स्वास्थ्यमा ध्यान दिँदै निःशुल्क स्वास्थ्य परीक्षण गराउने कार्यले समाजिक उत्तरदायित्वप्रति प्रतिष्ठान अग्रसर रहेकोमा खुशी व्यक्त गरे ।

‘स्वस्थ जीवनका लागि स्वस्थ संगीत’ भन्ने आदर्शका साथ लोक दोहोरी दिवस २०७७ को शुभ अवसरमा प्रदेश जिल्ला र विदेश शाखाहरुले भव्य रुपमा कार्यक्रमहरु आयोजना गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए । केन्द्रीय कार्यालयमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सहयोग पुयाउने सम्पूर्ण सहयोगी कलाकार एवं स्वास्थ्यकर्मीलाई हार्दिक आभार प्रकट गर्दै अध्यक्ष बिजीले सहयोगको लागि चिरायु नेशनल हस्पिटलको सहयोग अनुतलनीय रहेको बताए । अध्यक्ष बिजीले प्रमुख आतिथ्यताको लागि आदरणीय दुर्गा रायमाझीज्यु र विशेष उपस्थितीको लागी निवर्तमान अध्यक्ष बद्री पंगेनी लगायतलाई विशेष धन्यवाद ब्यक्त गर्नुभएको थियो । त्यस्तै चिरायु नेशनल हस्पिटल र लोकदोहोरी गीत प्रतिष्ठान नेपालको आगामी दिनमा पनि कलाकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण गराउने र उपचारमा प्रतिष्ठानको परिचयपत्रका आधारमा ५० प्रतिशत छुट दिने सहमति भएको चिरायु नेशनल हस्पिटलका बिजनेस डेप्लोमेन्ट अफिसर नबराज भुजेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४