Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हटाएर देखाउन ओलीको चेतावनी, टालाटुलीको सरकार बनाउन लागेको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 3.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन फेरि चुनौती दिनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै उहाँले मोर्चा कसेर आफूलाई प्रधामन्त्रीबाट हटाए पनि २० महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उद्घोष गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहन कुनै गाह्रो छैन भन्दै प्रतिपक्षमा बस्न पनि तयार रहेको बताउनुभयो । उहाँले दुईतिहाइको सरकार ढालेर टालाटुलीको सरकार बनाउन लागिएको भए पनि आफूहरू प्रतिपक्षमा बस्ने तयार भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले माधव–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको उल्लेख गर्नुभयो । उहाँहरू बैठकमा आए कसरी अगाडी बढ्ने भन्नेबारे सल्लाह गरिने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन माधव–झलनाथ पक्षलाई सार्वजनिक रूपमा आह्वान समेत गर्नुभयो । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले एकता कायम राख्न र मिलेर अगाडि बढ्न माओवादी केन्द्रमा रहेका नेता कार्यतालाई पनि आग्रह गर्नुभयो । एमालेहरूलाई पनि सच्चिएर आउन आग्रह गर्दै उहाँले आफूलाई ठेगान लगाउँछु भनेर आए बाटैमा ठेस लाग्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४