Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी र जसापबीचको छलफल टुङ्गोमा पुगेन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 6.2K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समावादी पार्टी (जसपा) का नेताबीच नयाँ सत्ता समीकरणबारे छलफल भएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालयमा दुई पार्टीका शीर्ष नेताबीच शनिबार छलफल भए पनि ठोस सहमति भने बन्न सकेन । छलफल सकारात्मक रहे पनि टुङ्गोमा भने नपुगिएको दुवै पार्टीका नेताहरूले बताएका छन् ।

छलफलपछि प्रतिक्रिया दिँदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भएको जानकारी दिनुभयो । उहाँले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष यादवले ओलीलाई सरकारबाट हटाउने सहमति नजिक नेपाली कांग्रेस, माओवादी केन्द्र र आफूहरू पुगेको बताउनुभयो । यसबारे चाँडै तीन दलबीच पुनः छलफल हुने उहाँको भनाइ थियो । सरकारसँग रेशम चौधरीको रिहाइको एजेन्डामाथि मात्रै छलफल भएको बताउँदै अध्यक्ष यादवले सरकारमा सहभागिताको विषयमा ओली नेतृत्वको सरकारसँग सहमति नभएको जिकिर गर्नुभयो ।

बैठकमा सहभागी जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले भने छलफललाई निरन्तरता दिने सहमति भएको बताउनुभयो । उहाँले आफूहरूका लागि एमाले, कांग्रेस र माओवादी सबै उस्तै रहेको भन्दै सत्ता समीकरणमा कोही नजिक वा कोही टाढा नरहेको उल्लेख गर्नुभयो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठनका विषयमा छलफल भए पनि ठोस निर्णयमा भने नपुगेको बताउनुभयो । नयाँ सरकारको समीकरणबारे कांग्रेस, माओवादी र जसपा गरी तीनवटै दल बसेर पनि वार्ता गर्ने सहमति भएको उहाँको भनाइ थियो ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता नारायणकाजी श्रेष्ठ प्रकाश र जसपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादवसहित छलफलमा सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४