Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पौडेलले देउवालाई भने– ‘जसरी हुन्छ केपीलाई हटाउनुस्’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 2.8K
    SHARES

बागलुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जसरी भए पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सभापति शेरबहादुर देउवालाई सुझाव दिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बागलुङले गरेको कार्यक्रममा बोल्दै नेता पौडलले जसरी पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन देउवालाई सुझाव दिएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘मेरो सभापतिलाई अहिलको परिस्थितिमा जे–जे भए पनि तपाईं प्रधानन्त्री बनेर हुन्छ वा अर्कोलाई बनाएर हुन्छ कि, जसरी हुन्छ केपीलाई हटाउनुस्, मेरो सुझाव त्यहि हो ।’

पौडेलले ओलीलाई हटाउन कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीको एकता हुने पनि जिकिर गर्नुभयो । ओली अराजक भएको र मुलकलाई दुर्घटनातर्फ धकेलेकाले मुलुक बचाउन साझा प्रयास आवश्यक रहेकामा उहाँको जोड छ ।

प्रधानमन्त्री ओलीलाई मुलुकप्रति कुनै माया नभएकाले जनताले लडेर ल्याएको लोकतन्त्र समाप्त पार्न उद्धत रहेको आरोपसमेत लगाउनुभयो । ओलीसँग नैतिक चरित्र नभएको भन्दै अदालतले संसद पुनःस्थापना गर्नासाथ राजीनामा दिनु पर्नेमा अहिलेसम्म पदमा बसिरहनु लज्जास्पद भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४