Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्ष जनशक्ति इजरायल पठाउने नेपालको तयारी, छिट्टै आवेदन खुला गरिने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २८ २०७७
  • 5K
    SHARES

काठमाडौं । दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन थालिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट इजारायल पठाउने दक्ष जनशक्तिका लागि कार्यविधि बनाउने कार्य अन्तिम चरणमा पुुगेको र त्यो बनेपछि छिट्टै आवेदन खुला गरिनेछ ।

विभागका अनुसार श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउने काम अन्तिम चरण पुुगेको र कार्यविधि तयार भएपछि त्यही आधारमा आवेदन माग गरिने छ । नेपाल र इजरायलबीच गत असोजमा ‘इजरायलको विशिष्ठ श्रम बजारमा नेपाली श्रमिकको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ सम्झौता भएको थियो ।

सम्झौतामा नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गरेका थिए ।

नेपालबाट इजराइल सरकारले केयरगिभरका नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली श्रमिक लैजाने सम्बन्धमा गत असोजमा सम्झौता सम्पन्न भएको थियो। यसअघि इजरायलमा नेपालीलाई रोजगारीका लागि केयरगिभरलगायतमा खुला भए पनि निजी क्षेत्रबाट श्रमिक पठाउँदा चर्को रकम असुलिएका कारण इजरायलले नेपाली श्रमिक लिन रोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४