मंगलबार बिहान सो पाटीभित्र एक जना व्यक्ति गम्छाको पासो लगाई झुण्डीएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मृतक गहुँ गोरो बर्ण, पातलो शरिर, बाँया हातको चोर औलाको फेदमा अल्फाबेट ट्याटु खोपेको, फ्रेन्च कट दाह्री भएको, क्षत्री बाहुन जस्तो देखिने अन्दाजी ३० वर्षको पुरुष रहेको र अहिले सम्म पहिचान नखुलेको परिसरका सूचना अधिकारी प्रहरी नयाब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
शवलाई पोष्टमार्टमको लागि भक्तपुर अस्पताल पठाई थप अनुसन्धान भई रहेको सूचना अधिकारी गिरीले जानकारी दिएक छन् ।