Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्थमन्त्रीको स्वेतपत्र झुटको पुलिन्दा : देउवा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २३ २०७४
  • 4.7K
    SHARES

कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो एक दशकमा तीन चौथाई समय सरकारमा बसेका कम्युष्टिहरुनै मुलुकको वेथितिका मुख्य जिम्मेवार रहेको बताएका छन् ।
शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैठौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अर्थमन्त्रीले हालै सार्वजनिक गरेको स्वेतपत्रमा सफेद झुट बोलीएको बताए। ‘पछिल्लो एक दशकका ९ वटा सरकारमा ७ वटामा कम्युनिष्ट प्रधानमन्त्री भए’ देउवाले भने, ‘मलुकलाई वेथितिमा लैजाने तिनै कम्युनिष्ट प्रधानमन्त्रीहरु हुन् ।’
देउवाले यसअघि कांग्रेस सभापति सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा संविधान घोषणा गरेर र आफुनो नेतृत्वको सरकारले उक्त संविधान अनुसार तीनै तहको चुनाव सम्पन्न गरेर लोकतन्त्रलाई सुदृढ बनाएको बताए। ‘संविधान जारी भएपछि पनि दुई दुई वटा कम्युनिष्टका प्रधानमन्त्री भए’ देउवाले बताए।, खोई त उहाँहरुले चुनाव गराउन सक्नु भएको ? चुनाव गराउन कसैले रोकेको थियो ?’
देउवाले पछिल्लो दुई वर्षदेखि अर्थतन्त्रका सूचकहरु सकरात्मक हुदै गएको बेलामा स्वोदेशी तथा विदेशी लगानीकर्ताहरुलाई निरुत्साहित गर्नेगरी अर्थमन्त्रीले सार्वजनिक गरेको स्वेतपत्रले मुलुकको अर्थतन्त्रमा निराशाको वातावरण बनाएको पनि बताए।
 ‘अघिल्लो बर्ष दशकौ पछि आर्थिक बृद्धि सात प्रतिशत रहयो’ देउवाले भने, ‘यो बर्ष ६ प्रतिशतको हाराहारीमा छ, अनि अर्थतन्त्र कसरी धरासायी भयो ?’
देउवाले आफ्नो कार्यकालमा मुद्रास्फ्रीती ५ प्रतिशत कायम रहेको, पर्यटकको संख्या दश लाख पुगेको बताउदै राष्ट्रिय ढुकुकटीमा दश अर्ब डलर बराबर संचिति रहेको र २५७ अर्ब सरकारी ढुकुटीमा नगद वचत रहेको  अवस्थामा ढुकुटी रित्तो भन्नु गैरजिम्मेवारपूर्ण भएको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४