Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गौर हत्याकाण्डका पीडितले अझै पाएनन् न्याय


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 6.3K
    SHARES

काठमाडौं,/  वि.स. २०६३ साल चैत्रमा भएको गौर हत्याकाण्डका पीडितहरुले न्याय नपाएको भन्दै आफुहरुलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गौर हत्याकाण्डका पीडितहरुले आफुहरुले हालसम्म न्याय नपाएको भन्दै आफुहरुलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका हुन् ।

वि.स. २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा तत्कालीन माओवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो भने दजनौँको संख्यामा घाइते भएका थिए ।

अन्र्तराष्ट्रिय समुदाय, सरकार लगायतले घटनाको निरिक्षण गरी उक्त घटना राजनीतिक अभिप्रायले नभई जघन्य अपराध भएको रिर्पोट समेत निस्केको जिकिर गर्दै पीडितहरुले सरकारले दोषी उपर कारबाही नगरेको आरोप लगाएका छन् ।

दोषी उपर कारबाही गरि मृत्यु हुनेहरुलाई शहिद घोषणा गर्न र न्याय दिलाउन पीडितले माग गरेका छन् ।

विगतका कुनैपनि सरकारले दोषीमाथि कारबाही नगरेको भन्दै पीडितले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४