काठमाडौं । संघीय संसद सचिवालयले सत्तारुढ नेकपा विभाजन भएको औपचारिक पत्र प्राप्त नभएकाले उक्त पार्टीका सबै सांसद सत्तापक्षमै रहने प्रष्ट पारेको छ ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकारहरूसँग सिंहदरवारमा कुरा गर्दै सांसदहरुको बस्ने सिट मिलाउँदा नेकपाका सांसदहरुलाई सत्तापक्षकै लहरमा व्यवस्था गरिएको बताउनुभयो ।नेकपा विवाद आन्तरिक भएको भन्दै उहाँले दल विभाजनको पत्र नआएकाले नेकपाका सबै सांसदलाई सत्तापक्षकै लहरमा बस्ने व्यवस्था गरिएको छ ।