Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्देशन कार्यान्वयनमा सांसद र समिति क्रियाशील हुनुपर्नेमा अध्यक्ष तिमिल्सिनाको जोड


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २० २०७७
  • 6.2K
    SHARES

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैँले क्रियाशिलता देखाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा राष्ट्रिय सभाको प्रभावकारिकता तथा कुटनीतिक शिष्टाचार सम्बन्धी अभिमुखीकरणमा बोल्दै अध्यक्ष तिमिल्सिनाले सभाले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताउनुभयो ।

सरकारले सदनमा पेश गरेका विधेयकलाई समयमा नै पास गरेर अगाडी बढाउने विषयमा सभाले समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा विनाअवरोध सञ्चालन भए पनि बैठक र विभिन्न समितिहरूले सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गर्न सम्पूर्ण सदस्य र सम्बन्धित समिति क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभाको सातौँ अधिवेशन सम्म आइपुग्दा २ सय २२ वटा बैठकहरू भएको र यस अवधिमा ४१ वटा विधेयकहरू दर्ता भएकोमा १६ वटा विधेयक प्रमाणीकरण भइसकेका छन् । यस्तै २४ वटा मध्ये ८ वटा सभामा र १० वटा समितिमा विचाराधीन रहँदा ६ वटा विधेयक राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधिसभाबाट फिर्ता आउन बाँकी रहेका छन् ।

तीन वर्षको अवधिमा राष्ट्रिय सभामा ३ वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ४ वटा ध्यानाकर्षण प्रस्ताव र एउटा संकल्प प्रस्तावहरूमा छलफल भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । राष्ट्रिय सभामा दर्ता भएको अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धी अन्र्तगतको पार्लिमो प्रोटोकल सभाबाट अनुमोदन समेत गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४