Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘पैसावाला मन्त्री’ले रुम्जाटार घुमाए मुख्यमन्त्री राई दम्पत्तिलाई


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २० २०७७
  • 7.7K
    SHARES

काठमाडौं,/  मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ को अविस्वास प्रस्ताव सरेकै समयमा प्रदेश १ का भौतिक पूर्वाधार बिकास मन्त्री अम्बिरबाबु गुरुङले मुख्यमन्त्री शेरधन राई दम्पत्तिलाई हेलिकोप्टर चार्टर गरेर ओखलढुंगा जिल्लाको रुम्जाटार घुमाएका छन् ।

बिहीबार मुख्यमन्त्री शेरधन राईकी श्रीमती जाङ्मु शेर्पाले सामाजिक सञ्जालमामार्फत् मन्त्री गुरुङले न्यानो स्वागत, सत्कारका साथ सुन्दर ठाउँ ओखलढुंगाको रुम्जाटार घुमाएको धन्यवाद दिएकी छन । उनले आफ्नो फेसबुकमा मन्त्री गुरुङको श्रीमती र छोरीका साथमा आफूहरुको फोटो खिचाएर सार्वजनिक गरेकी छन् ।

 

उनले भनेकी छन्, ‘ओखलढुंगाको अति नै सुन्दर ठाउँ रुम्जाटार मेरो श्रीमान माननीय शेरधन राई र भौतिक पूर्वाधार बिकास राज्यमन्त्री अम्बिरबाबु गुरुङका साथ जाने बस्ने र घुम्ने सिलसिलामा गर्नुभएको न्यानो स्वागत, सत्कार र आतिथ्यताका लागी हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।’

May be an image of 4 people, people standing and outdoors

उपप्रधानमन्त्री ईश्वर पोखरेलका खास मान्छे भनेर चिनिने मन्त्री गुरुङले यसअघि पनि थुप्रै पटक हेलिकोप्टर चार्टर गरेर नै मुख्यमन्त्री राईलाई ओखलढुंगा घुमाउदै आएका छन् ।

को हुन्, अम्बिरबाबु गुरुङ ?
०७४ ओखलढुंगाको प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मेदवार बनेर विजयी भएका हुन् उनी । एमाले नेता गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत पाएका थिए ।

May be an image of 5 people and people standing

जनतासामू एक नामले चिनिए पनि उनको परिचय विविध रहेका छन् । लामो समय विदेश बसेर आएका उनी धनाढ्य पनि हुन् । चक्रपथ सडकखण्डके धुम्बाराहीस्थित रिजेन्सी टावर पनि उनकै हो । यसरी उनलाई ‘पैसावाल मन्त्री’ का रुपमा पनि उनलाई कार्यकर्ताले चिन्ने गर्नेको बताइन्छ ।

May be an image of 5 people and people standing

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४