काठमाडौँ/ किंग प्यालेस रोधी क्लब एण्ड के पपको संचालिका शिला गुरुङलेउक्त रोधी क्लब किनेको खरिद गरेको करिब रु साठी लाख नतिरेको र पटक पटक ताकेता गर्दा पनि पैसा नतिरेर तिस लाखको दुइ ओटा चेक उक्त क्लबको संचालक दिपक अर्यालको नाममा काटिएको र उक्त बैंक खातामा जतिबेला पनि ब्यालेन्स नभएको कारणले गर्दा र पटक पटक सम्पर्क गर्दा पनि निज व्यक्ति शिला गुरुङ सम्पर्क बिहिन भइ उक्त रकम नतिर्ने मनसाय बाट करिब दुइ बर्ष भन्दा पनि बढी समय बित्दा निज शिला गुरुङ भागी हिडन थालेपछि धेरै पटक पैसा दिनको लागि आग्रह गर्दा पनि दिन्छु मात्र भनिरहने र पैसा नदिइ सम्पर्क बिहिन हुन् खोजे पछि
अहिले चेक अनादर मुद्दामा उच्च अदालत पाटनको आदेश बमोजिम निज व्यक्ति शिला गुरुङलाई पक्राउ गरेर टेकु परिषरमा अनुसन्धानको लागि राखिएको छ भने अहिले उनीलाई चेक अनादर र ठगि मुद्दामा समेत अनुसन्धान भइ रहेको जानकारी प्राप्त भएको छ निज ब्यक्ति बाट चाहि ठगि गर्ने मनसायले बिभिन्न बहाना बनाउदै बिभिन्न संघ सस्था र व्यक्ति बाट पनि आफ्नो ब्यापार ब्याबसयको रुपमा रहेको रोधी क्लब लाई देखाउदै ठगि गरिरहेको पनि खुना आएको छ भने निज व्यक्ति बिरुद्द अरु धेरै नै उजुरी पर्न सक्ने अनुमान लगाउन सकिन्छ !
यस्ता व्यक्तिहरुले एउटा सानो ब्यबसाय देखाउदै करोडौ करोड ठगि धन्दा गर्ने गरेको र यस्ता ठगि गिरोहहरुले मिटर ब्याजमा समेत पैसाको कारोबार गर्ने गरेको खुल्न आएको छ हाल निज शिला गुरुङलाई टेकु परिषरमा अनुसन्धानको लागि भनि नियन्त्रणमा लिएको छ भने निज व्यक्तिलाई चेक अनादर र ठगि मुद्दामा अनुसन्धान जारि रहेको पनि टेकु परिषरले जनाएको छ