Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड माधव समूहद्वारा सुवास नेम्वाङ र महेश बस्नेतसहित ७ जनामाथि कारबाही !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १९ २०७७
  • 2.9K
    SHARES

काठमाडौं ।  नेकपा प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ ।

त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको पुनले बताए ।

उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको प्रचण्ड-माधव समूहको भनाइ छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको हो । पार्टी हित विपरीत गतिविधि गरेकाले उनीहरुमाथि कारबाही गरेको नेता भीम रावलले जानकारी दिए ।

वैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।

संसद विघटन बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने भन्दै केन्द्रीय कमिटी बैठकले पदमा टाँसिरहेको भन्दै निन्दा गरेको छ । आफूमाथि शारीरिक आक्रमण हुनसक्ने भनेर प्रधानमन्त्री ओलीले दिएको षड्यन्त्रपूर्ण र गैर जिम्मेवारीपूर्ण भएको समेत प्रचण्ड–माधव समूहको ठहर छ।

केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता विवादमा छिटो निर्णय गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।

वैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताबारे स्पष्टीकरण समेत दिएका छन् । आफूले देशभित्र एकता हुने हो भने चीन, भारत गायत सबैलाई अनुकुल लाग्छ भनेको, तर एउटा देशको प्रसंग मात्र ल्याएर झुटो प्रचार गरिएको उनले बताएका छन् ।

वैठकले २३ गते बोलाइएको संसद बैठकमा कसरी प्रस्तुत हुने र अगाडि कसरी जाने भनेर दलहरुसँग वार्ता र निर्णय गर्ने अधिकार स्थायी कमिटी र सचिवालयलाई दिएको छ । संविधान र लोकतन्त्रको रक्षाका लागि आवाज उठाउनेहरुसँग कुराकानी भइरहेको भन्दै उनले भने, ‘जसले प्रतिनिधिसभा विघटन गर्‍यो, त्यो प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दण्डित गर्छ ।’

नेतृत्व कसले गर्छ भन्ने प्रश्नमा उनले आपसी परामर्शबाट यसको निर्क्यौल गर्ने बताए । ‘यो संविधान र लोकतन्त्रको रक्षा तथा केपी शर्मा ओलीले गरेको स्वेच्छाचारीको अन्त्यका लागि सबै सकारात्मक पक्षसँग एकतावद्ध भएर जाने हाम्रो प्राथमिकता छ’ उनले भने, ‘यसको अर्थ हो हामी राजनीतिमा खुला छौं ।’

उनले छलफल भइरहेपनि अविश्वासको प्रस्ताव राख्ने चरणमा पुगिनसकेको समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४