Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपकुलपति समक्ष क्रान्तिकारीको १६ बुँदे माग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २० २०७४
  • 5.9K
    SHARES

काठमाडौँ -अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय सुधारका लागि भन्दै उपकुलपति तीर्थ खनियाँलाई मागपत्र बुझाएको छ ।
क्रान्तिकारी मोहन वैद्य किरण नेतृत्वको नेकपा  (क्रान्तिकारी माओवादी) निकटको विद्यार्थी संगठन हो ।

शैक्षिक कार्यतालिका अनुसार कक्षा सञ्चालन र नतिजा प्रकाशित गरिनुपर्ने, प्रत्येक विभागमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, हरेक विभागको पुस्तकालयमा पाठ्यक्रमसँग सम्बन्धित पर्याप्त पुस्तक, कम्युटर र इन्टरनेट तथा कक्षामा प्रोजेक्टरको माध्यमबाट पठनपाठन सञ्चालन गरिने व्यवस्था गरिनुपर्ने लगायतका १६ बुँदे माग राखेको छ ।

त्रिविका उपकुलपति तिर्थ खनियालाई बुझाएको ज्ञापनपत्रमा त्रिवि सुधारका मुख्य बुँदा समेटिएको र यी माग पुरा नभए अर्को चरणकोे आन्दोलन गरिने अखिल (क्रान्तिकारी) का केन्द्रीय  सदस्य संघर्ष दाहालले जानकारी दिए ।
मागपत्र बुझ्दै उपकुलपति खनियाँले विषयहरु व्यवहारिक र महत्वपूर्ण रहेको बताएका थिए ।  ।

उनले त्रिविको आफ्नो आम्दानी नभएकोले सेमेष्टर सञ्चालनमा कठिनाइ आएको बताएका छन् । पुसमा सम्पन्न भएको प्रथम सेमेष्टरको परीक्षा फल अहिलेसम्म सार्वजनिक नभएको बारे विद्यार्थीहरुले प्रश्न राख्दा चाँडै नतिजा सार्वजनिक गर्ने प्रतिवद्धता जनाए ।
महेश श्रेष्ठ, संघर्ष दाहाल, हेमराज शर्मा लगायतले खनियाँसमक्ष मागपत्र बुझाएका  थिए ।

क्रान्तिकारीको माग

१। शैक्षिक कार्यतालिका अनुसार कक्षा सञ्चालन र नतिजा प्रकाशित गरियोस् । प्रत्येक विभागमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरियोस् ।
२। हरेक विभागको पुस्तकालयमा पाठ्यक्रमसँग सम्बन्धित पर्याप्त पुस्तक, कम्युटर र इन्टरनेट तथा कक्षामा प्रोजेक्टरको माध्यमबाट पठनपाठन सञ्चालन गरिने व्यवस्था गरियोस् ।
३। हरेक सेमेस्टरका विद्यार्थीलाई स्थलगत कार्य  व्यवस्था अनिवार्य लागू गरियोस् ।
४। सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेको प्राध्यापकलाई मात्र सो विषयको अध्यापन गराउने व्यवस्था कडाइकासाथ लागू गरियोस् ।
५। विज्ञान संकायका सबै विभागमा आवश्यक प्रयोगात्मक सामग्री उपलब्ध गराइयोस् ।
६। प्राध्यापक तथा कर्मचारी कार्यालय समयमै कार्यालयमा उपस्थित भइ आफ्नो जिम्मेवारी पूरा गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गरियोस् ।
७। हरेक विभागको पुस्तकालय हप्ताको ६ दिन खोल्ने व्यवस्था गरियोस् ।
८। त्रि।वि। केन्द्रिय पुस्तकालय हरेक दिन कम्तिमा १२ घण्टा खुल्ला रहने व्यवस्था गरियोस् । र त्रि।वि। केन्द्रिय पुस्तकालयको आवश्यक भौतिक संरचना नेपाल सरकारकै लागतमा तत्काल निर्माण थालनी गरियोस् ।
९। छात्रारछात्रवासमा बस्न बनाइएको मापदण्ड कडाइका साथ लागू गरियोस् र नतीजा प्रकाशनमा समावेशीको सिद्धान्तलाई आत्मसात् गरियोस् । विद्यार्थी संगठनहरुलाई दिइएको अघोषित भागवण्डा तत्काल खारेज गरियोस् ।
१०।छात्रारछात्रवासमा इन्टरनेटको व्यवस्था, फोहोर व्यवस्थापन, विजुली बत्तिको व्यवस्था, झ्याल ढोकाको मर्मत सम्भार तथा निर्माण, सफा पिउने पानीको व्यवस्था गरियोस् ।

११। विद्यार्थीको लागि खेलकुद सामग्रीहरु उपलब्ध गराउँदै खेलकुद प्रतियोगीता सञ्चालन गरियोस् ।
१२। हरेक विभाग अन्तर्गत कम्तिमा एक फोहोर राख्ने बास्केटको व्यवस्था गरियोस् । शौचालय, कक्षा कोठाका झ्याल–ढोकाको मर्मत तथा निर्माण गर्नुका साथै उच्छृंखल तथा अनैतिक काम क्रियाकलाप नियन्त्रण गरियोस् ।
१३। त्रि।वि। परिसरलाई काँडेतार वा पर्खाल लगाएर घेरियोस् । त्रि।वि। परिसरभित्र सार्वजनिक तथा अनावश्यक निजी सवारी साधन प्रवेशमा रोक लगाइयोस् ।
१४। हेल्थ सेन्टरलाई व्यवस्थित गरियोस् ।
१५। डिर्पाटमेन्ट अघिको खाली जग्गामा बगैंचा निर्माण गरियोस् ।
१६। विभिन्न विभागले लिँदै आएको अतिरिक्त शुल्क खारेज गरियोस् ।

यो पनि पढौँ

सरकार अहिले गाडी त के रिक्सा समेत दिन सक्ने अवस्थामा छैनः प्रधानमन्त्री ओली

यौन स्वास्थ्यका खुलदुली मेट्दै किशोर–किशोरी

अवैध सुनसहित भारतीय पक्राउ

यसवर्ष बुद्धकृष्णले जिब्रो छेड्ने

लगानी गर्नुहोस्, सुरक्षा र नाफाको ग्यारेण्टी सरकारले दिन्छ : मुख्यमन्त्री शाही

बालुवा खानीमा मेरो लगानी छैन : पुन

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४