Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिणकालीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १४ २०७७
  • 7.9K
    SHARES

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका ६ मा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बा रहेका छन् ।

हिजो बेलुकी सवा ७ बजे पैदल हिँडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा २ क ४५५३ नम्बरको टिपरले ठक्कर दिएको थियो । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा लुम्बाको गएराति पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपरसहित चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।

यसैगरी बर्दियाको बाँसगढी नगरपालिका ३ लखना बेलुवामा ट्याक्टरको ट्रलीबाट खसेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । हिजो साँझ साढे ५ बजे भे १ त ७५०७ नम्बरको ट्याक्टरको ट्रली खसेर स्थानीय ४५ वर्षीय लाल बहादुर थारुको मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय मोतीपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४