Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपाको आधिकारिकता विवाद टुंग्याउन आयोगलाई दुई महिना लाग्न सक्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १३ २०७७
  • 2.3K
    SHARES

सरकारले आयोगलाई चिठी लेखेन, खुलेका टेण्डर रद्द हुने


काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेताहरु राजेन्द्रप्रसाद पाण्डे र मुक्तिनारायण प्रधान बुधबार बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा पुगे । नेकपाको आधिकारिकतासम्बन्धी विवाद कति दिनभित्र समाधान होला भन्नेबारे बुझ्न आयोगमा पुगेका उनीहरु निराश बनेर फर्किए ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि अब बस्ने बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी प्रचण्ड–माधव समूहले गरेको छ ।

तर, सत्तारुढ दलकै तर्फबाट अविश्वासको प्रस्ताव ल्याउन अप्ठ्यारो पर्ने भएकाले निर्वाचन आयोगले चाँडै नेकपा विभाजनसम्बन्धी मुद्दा छिनोफानो गरिदिनुपर्ने प्रचण्ड–माधव समूहका नेताहरुको माग छ । यही मागबारे ताकेता गर्न नेता पाण्डे र पूर्वमहान्यायाधिवक्ता प्रधान बुधबार आयोगको कार्यालयमा पुगेका हुन् ।

निर्वाचन आयोगले गत माघ ११ गते नै नेकपाको विभाजनलाई बैधानिकता नदिने गरी निर्णय गरिसकेको छ । त्यसपछि प्रचण्ड–माधव पक्षले ऐनको दफा ४४ अनुसार गरेको दाबीलाई आयोगले कारवाही नगरी थन्क्याइदिएको छ ।

आयोगले चाँडो नेकपा विभाजनलाई बैधानिकता नदिँदा अब त्यसको असर संसदमा प्रधानमन्त्री ओलीविरुद्ध ल्याउने अविश्वासको प्रस्तावमा पर्ने देखिएको छ ।

बुधबार आयोगमा यसबारे बुझ्नका लागि पुगेका पाण्डे र प्रधानलाई आयोगका अधिकारीहरुले अब नेकपाको विवाद टुंगो लाग्न ७० दिन अर्थात् दुई महिनासम्म लाग्न सक्ने जवाफ दिएर फर्काएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘पहिले दाबी गर्न आउनुप¥यो, त्यसपछि अर्को समूहलाई जवाफ दिन २५ दिन लाग्छ । सबै प्रक्रिया पूरा गर्न ७० दिनसम्म लाग्न सक्छ, कम्तिमा ६०-६५ दिनसम्म नेकपाको दल विभाजनसम्बन्धी विवाद टुंगो लाग्दैन ।’

सरकारले आयोगलाई चिठी लेखेन

यसैवीच सर्वोच्चको फैसलापछि आगामी बैशाख १७ र २७ मा घोषित मध्यावधि निर्वाचन नहुने निश्चित भएको छ । तर, सरकारले आयोगलाई निर्वाचन स्थगन भएको पत्र पठाउनुपर्नेमा बुधबार साँझसम्म सरकारले चिठी नपडठाएको आयोग स्रोतले बतायो ।

तर, सरकारले चिठी नपठाए पनि निर्वाचन सामग्री खरिद लगायतका टेण्डर प्रक्रिया स्थगन गरिएको आयोगले बताएको छ । मतदाता नामावलीलाई अन्तिम रुप दिने कार्य भने फागुन २१ सम्म गर्ने भनिएकोमा सो काम पूरा हुने आयोगले बताएका छन् ।

यसवीचमा आयोगले निर्वाचनको तयारीका क्रममा मतदानस्थलहरुको टुंगो लगाउने काम पनि गरेको थियो । यी दुबै काममा बाहेक अन्य खर्च आयोगले निर्वाचन प्रयोजनका लागि नगरेको हुनाले फजुल खर्च हुनबाट बचेको आयोग स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४