Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एलन मस्क पुनः बने विश्वकै धनी मान्छे


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ९ २०७७
  • 2.7K
    SHARES

टेस्ला कम्पनीका सीईओ एलन मस्कले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा पुनः पहिलो स्थान कब्जा गरेका छन् ।

अमेजन सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्कले पहिलो स्थानमा पुनरागमन गरेका हुन् । ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको सम्पत्ति हाल बढेर १ खर्ब ९९ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । मस्कको रकेट कम्पनीमा पछिल्लोपटक थपिएको लगानीसँगै उनको सम्पत्तिमा बढोत्तरी भएको हो । मस्कको स्पेस एक्स कम्पनीले हालै सेक्वइया क्यापिटल कम्पनीलगायतका लगानीकर्ताबाट ८५ करोड डलर लगानी भित्राउन सफल भएको थियो ।

यो सँगै स्पेस एक्सको हालको बजार मूल्य ७४ अर्ब डलर पुगेको छ जुन गत अगष्ट महिनाको भन्दा ६० प्रतिशतले बढी हो । टेस्ला सीईओ मस्कले सन् २०२१ मा दोश्रोपटक अर्बपतिको सूचीमा पहिलो स्थान कब्जा गरेका हुन् । अघिल्लो हप्तामात्रै अमेजन सीईओ जेफ बेजोसले १ खर्ब ९४ अर्ब २० करोड डलर सम्पत्ति सहित मस्कलाई उछिनेर नम्बर वान धनाढ्य बनेका थिए । तर मस्कले एक हप्तामै बेजोसलाई पछि पारे ।

अघिल्लो हप्ता टेस्लाले बिटक्वाइन क्रिप्टोकरेन्सीमा डेढ अर्ब डलर लगानी गरेको घोषणा गरेको थियो । टेस्लाको लगानीसँगै बिटक्वाइनको मूल्य बढेर ५० हजार डलरसम्म पुगेको थियो । टेस्लाले आगामी दिनमा बिटक्वाइनलाई भुक्तानी मुद्राको रुपमा स्विकार गर्ने पनि बताइसकेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४