Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिपुराका मन्त्री भन्छन्– नेपालबारे मुख्यमन्त्रीको भनाइको गलत ब्याख्या गरियो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ७ २०७७
  • 2.4K
    SHARES

 काठमाडौं । त्रिपुरा राज्यका कानुनमन्त्री रतन लाल नाथले केही दिन अगाडि मुख्यमन्त्री विप्लव कुमार देवले नेपालबारे दिएको अभिव्यक्तिलाई गलत व्याख्या गरिएको जिकीर गरेका छन् ।

केही दिन अगाडि त्रिपुराका मुख्यमन्त्री अमित शाले नेपाल र श्रीलंकामा पार्टी विस्तार गरेर सरकार निर्माण गर्ने योजना बनाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । जसको नेपाल र भारतमा तीव्र आलोचना भएको थियो । यस विषयमा नेपालले भारतसँग औपचारिक रुपमा नै ध्यानाकर्षण गराउँदै आपत्ती व्यक्त गरेको थियो ।

त्रिपुराका कानुनमन्त्रीले भारतीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘मुख्यमन्त्रीको भनाइलाई गलत व्याख्या गरियो, उनको भनाइको अर्थ भारतीय जनता पार्टी संसारको सबैभन्दा ठूलो राजनीतिक दल हो र यसको विचारबाट संसार प्रभावित हुनेछ ।’

उनले विभिन्न देशमा भाजपाको विचारको बारेमा छलफल हुने गरेको तर यसको मतलव ती मुलुकमा भाजपा गठन नहुने बताए । उनले भाजपाले अगाडि सारेको योगालाई अहिले संसारले स्वीकार गर्दै गएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४