नेपाल ट्रेड युनियन काङ्ग्रेस रामेछापकाे अध्यक्षमा : सुवेदी नेपाल ट्रेड युनियन काङ्ग्रेस रामेछापको अाज भएकाे छैटाै जिल्ला अधिबेशनबाट पुर्ण बहादुर सुवेदी निर्वाचित हुनुभएको छ । अधिबेशनमा विभिन्न १२ क्षेत्रकाे १०८ मतदाताहरु मध्य ९५ मतदान भएकाेमा ५३ मत प्राप्त गर्दै सुवेदी निर्वाचित हुनुभएकाे हाे । प्रतिस्पर्धी द्वाेय निवर्तमान अध्यक्ष पुरुषाेत्तम घिमिरेले २७ मत प्राप्त गर्नुभएकाे छ भने राजुश्री घिमिरेले ७ मत प्राप्त गर्नुभयाे । यसै गरि अन्य पदाधिकारी हरु सबै सर्व सहमतिबाट चयन भएकाे निर्वाचन मण्डलका सदस्य यादव दाहालले जानकारी दिनु भयाे । सर्वसहमतिबाट चयनहुनेहरुमा युवा अध्यक्ष सुन्दर घिमिरे ,महिला अध्यक्षमा प्रमिला घिसिस, खुला एक सहित पाच उपाध्यक्ष ,चचिव दिनेश घिमिरे,सहसचिव शकुन्तला पुरि र यज्ञ बहादुर कार्की ,काेषाध्यक्ष राजन बहादुर बुढाथोकी सहित २३ सदस्यीय समिति चयन भएकाे छ । यसै गरि केन्द्रीय प्रतिनिधिमा गुञ्ज बहादुर श्रेष्ठ , नारायण बाेगटी र चन्द्रा खड्का चुनिनु भएकाे छ भने ६ जना प्रादेशिक प्रतिनिधि चयन भएकाे छ ।सम्पुर्ण निर्बाचित पदाधिकारीलाई र सदस्यलाई बधाई तथा शुभकामना दिन चाहन्छौं ।जन आवाज मिडिया हब प्रा लि परिवार जन न्युज नेपाल खबर डट कम परिवार जावलाखेल ललितपुर :🌹🌹🌹🌹