Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वडाअध्यक्षलाई उपमेयरको ‘रामधुलाई’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १० २०७४
  • 7.7K
    SHARES

इटहरी–सुनसरीको दुहबीनगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले वडा अध्यक्ष र सदस्यमाथि कुटपिट गरेकी छिन ।

उपमेयरलाई स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिका संयोजकको समेत जिम्मेवारी हुन्छ ।

तर, उपमेयर साहले दुहबीनगरपालिका–५ का वडा अध्यक्ष तथा सदस्यलाई आफै कुटपिट गरिन् ।

घटना हिजोको हो ।

५ नम्बर वडामा रहेको सरस्वती उच्चमाबि खेल मैदानको निर्माण सम्बन्धी अनुगमनको लागि नगरपालिका पुगेका वडा अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङलाई नगरपालिका परिसरमै कुटपिट भएको थियो ।
खेल मैदान निर्माण सकिएकोले अनुगमन गरी बजेट फर्छौट गरिदिने वडाअध्यक्षको माग थियो ।

यहाँबाट दुवै पक्षवीच बिवाद भयो । पछि उपमेयर साहले आफनो श्रीमान सुनिल साह बोलाइन् र वडाअध्यक्षलाई कुटिन् । वडा सदस्य तामाङले चाडो रकम निकाशाका लागि आग्रह गर्दा उपमेयर साहले कार्यकक्षबाट ‘गेट आउट’भन्दै बाहिर निकालेको बताए । अभद्र व्यवहार गदै श्रीमानलाई बोलाएर कुटपिट गरिएको तामाङको दाबी छ ।

निर्माण सम्बन्धी फाइल उपमेयरले नियन्त्रणमा लिइ काम रोकेको वडा अध्यक्ष रमेश रौनियाले बताए ।

आफुहरु कुरा बुझन नगरपालिका पुगेको वडा अध्यक्ष रौनियारको भनाई छ ।

कुटपिट पछि आक्रोशित सर्वसाधरणले दुहबीनगरपालिका दिनभर घेराउ गरेका थिए । कुटपिटपछि पीडितपक्ष र मेयरवीच छलफल भएपनि कुनै सहमति हुन सकेन् ।

शुरुमा घटना सामान्य विवादमात्र भएको मेयर बेद गछदारले बताएका थिए ।

तर, कुटपिटकोभिडियो वाहिर आएपछि उनले  गरेको भिडियो नै सार्वजनिक भएपछि जनप्रतिनिधिले हातहाल्नु गल्ती भएको बताएका थिए ।

यस घटनामा उपमेयरको भनाई आउन वाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४