Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अदालतले गर्जन नसुनोस्, संविधानको धारा पढोस् : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २९ २०७७
  • 4.1K
    SHARES

 विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद विघटनको मुद्दामा संविधानले कसैको शक्ति प्रदर्शन नहेरि संविधान अनुसार फैसला दिनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगरमा नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको विचार गोष्ठीमा उनले अदालतले ठीक ढंगले बोले व्यवस्था जोगिने बताए । ‘व्यवस्था जोगियो भने नेपाली जनताको भविष्य जोगिन्छ, हामीले पल्टाउने संविधान र अदालतले पल्टाउने संविधान एउटै हो’ उनले भने ।

नेता थापाले अदालतले नारायणहिटी दरबार संग्रहालय र भृकुटीमण्डपमा गरिएका नेकपाका दुई समूहका ठूला सभाको गर्जन सुन्न आवश्यक नभएको पनि बताए । ‘नारायणहिटी अगाडिबाट  ओलीको गर्जन र हिजोको गर्जन नसुन्नुहोस्’ उनले भने, ‘अदालतले संविधानको धारा पढोस् कानुनको साँघुरो किल्लाबाट न्यायको हत्या नहोस् ।’

भरोसाको केन्द्रमा रहेको अदालतले न्याय गर्छ भन्ने आशामा रहेको उनले बताए ।

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकको शिकार भएको संविधानलाई अब सेटिङको शिकार हुन नदिने पनि बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४