Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड–माधव समूहको काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २८ २०७७
  • 7.4K
    SHARES

 काठमाडौं । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।

यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ । ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ । कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ । वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भएको छ ।

  • ट्राफिक प्रहरीका सबै जनशक्ति सडकमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बिहानदेखि नै जाम सुरु हुन थालेको भएको बताए । जुलुस सकिएर सभामा परिणत भएपछि भने यातायात आवागमन केही सहज हुन सक्ने उनको अनुमान छ । यातायात आवागमनलाई सहज बनाउने प्रयासमा ट्राफिक प्रहरीका सबै जनशक्ति बिहानैदेखि सडकमा उतारिएको छ । ट्राफिक प्रहरी प्रवक्ता अधिकारीले भने, ‘ट्राफिक प्रहरीको जनशक्ति १५ सय हो, ती सबैलाई बिहानैदेखि परिचालन गरिएको छ ।’

  • यस्तो छ जुलुसको रुट

विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट बिहान ११ बजेदेखि जुलुस सुरु हुने प्रचण्ड–माधव समूहको संघर्ष समितिले जनाएको छ । ती जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा मिसिई भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छन् ।

पुल्चोकबाट निस्कने जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मुल जुलुसमा मिसिनेछ । त्रिपुरेश्वरबाट निस्कने जुलुस पनि सुन्धारा पुगेर मुल जुलसमा मिसिनेछ । माइतीघर मण्डलाबाट निस्कने जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ । केशरमहलबाट निस्कने जुलुस दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलाक्षी, असन, इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ ।

जमलबाट निस्कने जुलुस कमलादी, असन, इन्द्रचोक, जुद्ध शालिक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ । त्यसपछि सुन्धाराबाट निस्कने मूल जुलुस सुन्धारा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै प्रदर्शनीमार्गमा पुगेर विरोध सभामा परिणत हुने भएको छ ।

प्रदर्शनीमार्गमा यसअघिको जस्तै ‘टी’ आकारमा सभा हुने छ । सभाका लागि पुरानोबसपार्क-भद्रकाली सडकखण्डमा मञ्च निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४