Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धरहराको २१औं तलाको ढलान सकियो, शीर्षमा गजुर राखिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २६ २०७७
  • 2.3K
    SHARES

काठमाडौं । २०७२ बैशाखमा आएको भूकम्पका कारण भत्किएको धरहराको २१ औं तलाको ढलान सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणको नेतृत्वमा जिआइइटिसी–रमन जेभीलेले पु्नर्निर्माणको जिम्मा पाएको धरहराको २१औं तलाको ढलान सकिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

अबको केही दिनमा २२औं एवं अन्तिम तलाको ढलान गर्दै धरहराको शीर्ष स्थानमा गजु्रको राखिने उहाँको भनाइ छ । ‘अब एक तलाको ढलान बाँकी छ,’ ज्ञवालीले ट्वीटरमा लेख्नुभएको छ, ‘धरहराको शीर्षमा गजुर रहनेछ ।’

धरहराको २१औं तलाको ढलान सकियो, शीर्षमा गजुर राखिने

कम्पनीले धरहराको ठेक्का तीन अर्ब आठ करोड रूपैयाँमा पाएको हो । ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले सन् २०२० अक्टोबरभित्रै धरहरा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

तर, चैत ११ गतेदेखि कोभिड–१९ नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण देखाउँदै ठेकेदार कम्पनीले तोकिएको समयभित्रै पुनर्निर्माणको काम सकेन । प्राधिकरणले ३० जुन २०२१ सम्म धरहरा पुनर्निर्माणको म्याद थप गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४