Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाख्रीवासमा अपाङ्गता परिचयपत्र वितरण एवं स्वास्थ्य परीक्षण शिविर सञ्चालन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २१ २०७७
  • 4.8K
    SHARES

धनकुटा,/  धनकुटाको पाख्रीवास नगरपालिकामा अपाङ्गता परिचयपत्र वितरण एवं अपाङ्गता भएकाहरुका लागि स्वास्थ्य परीक्षण शिविर सञ्चालन भईरहेको छ ।

पाख्रीवास नगरपालिका सहित सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगर र करुणा फाउण्डेसनको सहकार्यमा अपाङ्गता भएका नगरवासिहरुका लागि विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण सहित परिचयपत्र वितरण गरिरहेको नगर प्रमुख वृष वहादुर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरको १० नं वडाबाट शिविर सञ्चालनको शुभारम्भ गरिएको छ । शिविरमा सम्पूर्ण वडाका सबै खालका अपाङ्गता व्यक्तिको नाक, कान, घाँटी, जेनेरल फिजियोथेरापी र फिजियोथेरापिष्ट सहितका विशेषज्ञहरुद्धारा प्रारम्भिक स्वास्थ्य जाँच गरि आवश्यकता अनुसार अपाङ्गता परिचयपत्र वितरण तथा नविकरण गरिनेछ ।

पहिलो दिन १० नं वडा को चुङ्माङ् स्वास्थ्य चौकीमा, दोस्रो दिन २१ गते वडा नं ९ को आधारभुत स्वास्थ्य केन्द्र, गर्दै क्रमैसंग २२ गते वडा नं १ को आधारभुत स्वास्थ्य केन्द्र सान्ने, माघ २३ गते वडा नं २ को सान्ने स्वास्थ्य चौकी, २४ गते वडा नं ६ को फलाटे स्वास्थ्य चौकी, २५ गते वडा नं ५ को घोर्लिखर्क स्वास्थ्य चौकी, २६ गते वडा नं ८ मुगा स्वास्थ्य चौकी, २७ गते ७ नं वडाको मुगा आधारभुत स्वास्थ्य चौकी, २८ गते ३ नं वडाको वडा कार्यलय र २९ गते ४ नं वडा को पाख्रीवास स्वास्थ्य चौकिमा शिविर सञ्चालन हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव डिक बहादुर राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४