काठमाडौंं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको पेशासँग सम्बन्धित सबै सिन्डिकेटलाई खारेज गर्ने बताएका छन् ।उनले वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र व्यवस्थित गरी कामदारको हक, हित संरक्षण गर्न सबैखाले सिन्डिकेट खारेज गर्ने बताएका हुन्।
मंगलबार पत्रकारहरूसँग कुरा गर्दै विष्टले स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदासम्म वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित गर्नुको विकल्प नभएको बताए । ‘वैदेशिक रोजगारीमा जाने युवायुवतीले फरकखाले अनुभूति गर्ने गरी मन्त्रालयले काम थालिसकेको छ,’ उनले भने, ‘देशको अर्थतन्त्र टिकाउन महत्वपूर्ण योगदान गर्ने युवावर्गको सुरक्षाका लागि अब सरकारले ठोस कदम चाल्छ ।’अहिले वैदेशिक रोजगारीमा कामदार मेनपावरमार्फत जाने र त्यस्ता कामदारको स्वास्थ्य परीक्षण
स्वास्थ्य परीक्षण गर्ने संस्था र मेनपावरले कामदारसँग ठूलो रकम असुली गरिरहेको आरोप लाग्दै आएको छ । मन्त्री विष्टले संविधानमा नै सिन्डिकेट गर्न नपाइने उल्लेख गरेकाले आफूले वैदेशिक रोजगारीलाई सिन्डिकेटमुक्त गर्ने दावी गरे ।सिन्डिकेटको अन्त्य भएपछि वैदेशिक रोजगारी पारदर्शी, प्रतिस्पर्धी र सुशासनयुक्त हुने उनको भनाइ छ । वैदेशिक रोजगारीमा जाने युवाको लागत बढाउने कुनै पनि संस्था मान्य नहुने उनले बताए।
विष्टले मजदुरलाई ठगी गर्ने संस्था आफ्नै पार्टी (एमाले) का नेता÷कार्यकर्ताले चलाएको भएपनि नछाड्ने घोषणा गरे । वैदेशिक रोजगारी व्यवस्थित हुन संस्थागत विकास हुनुपर्ने उनको जोड छ । विष्टले केन्द्रीय तहबाट जारी हुँदै आएको श्रम स्वीकृति देशका थप तीन स्थानबाट दिने
निश्चित संख्याका मेडिकलले मात्र गर्ने गर्छन्।
निर्णय गरिसकेको बताए । ‘इटहरी, जनकपुर र बुटवलबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णयको फाइल सदर गरिसकेको छु,’ उनले भने।
विष्टले वर्तमान सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्न पनि उत्तिकै प्रयास गर्ने बताए । मन्त्रालयले स्वदेशमा कसरी रोजगारीका आधार सिर्जना गर्न सकिन्छ भनेर योजना बनाउने बताए । साविकको मन्त्रालयमा सामाजिक सुरक्षा कोष थपिएपछि पहिलो नेतृत्वकर्ता विष्टले मजदुरका समस्या समाधानका लागि कल्याणकारी कोषलाई पनि ध्यान दिने बताए।
त्यस्तै स्वदेशमा काम गर्ने र वैदेशिक रोजगारीमा जाने सबै कामदारलाई लक्षित गरी सीपलाई जोड दिने उनको भनाइ छ । वैदेशिक रोजगारीमा तमाम समस्या हुनुमा विभिन्न मन्त्रालयबीच समन्वय हुन नसकेको ठहर गर्दै उनले अन्तर मन्त्रालयबीच समन्वय गर्ने आफ्नो प्राथमिकता रहेको पनि बताए। ‘अन्तर मन्त्रालयबीच समन्वय गर्न प्रधानमन्त्रीज्युले निर्देशन दिइसक्नु भएको छ,’ उनले भने । वैदेशिक रोजगारीको क्षेत्रलाई सुधार गर्न ऐन संशोधन गर्नुपर्ने देखिएको र त्यसलाई चाँडो संशोधन गरिने उनको भनाइ छ । लामो समयदेखि उक्त ऐन संशोधन गर्नुपर्ने आवाज उठेपनि त्यसो हुन सकेको छैन।
‘मन्त्रीलाई खादा नओढाउनूस्’मन्त्री भएदेखि नै लगातार खादा ओढाउनेको भीड झेलिरहेका विष्टले अब त्यसो नगर्न आग्रह गरेका छन् । ‘कसैलाई बधाई दिन मन लाग्छ भने हात मिलाउनूस्,’ उनले भने, ‘फूलका माला र खादा लिएर मन्त्रालय नआउनूस् । यस्तो संस्कार राम्रो होइन ।’ धेरै बधाई र सम्मानमा व्यस्त हुँदा कामतिर ध्यान पुग्न नसकेको उनको अनुभव छ।
य हुन नसकेको ठहर गर्दै उनले अन्तर मन्त्रालयबीच समन्वय गर्ने आफ्नो प्राथमिकता रहेको सम्मान गर्नेको भीडले सेवाग्राहीलाई अप्ठेरो
यसैबीच नवनियुक्त मन्त्रीलाई सिंहदरबारभित्र पुगेर बधाई दिनेको ओइरोले वास्तविक कामका लागि पुग्ने सेवाग्राहीलाई भने अप्ठेरो भइरहेको पाइएको छ ।मन्त्रीलाई चाकडी गर्न र
दिन नसकेको भुक्तभोगीको भनाइ छ । सांसद राजेन्द्र राईले मंगलबार तीन घण्टा माओवादीका नेताले सम्हालेको मन्त्रालयमा कुर्दा पनि भेट्ने पालो नपाएको गुनासो गरे।
‘जरुरी काम परेकाले ती मन्त्रीलाई भेट्न खोजेको थिएँ,’ उनले भने, ‘तर, तीन घण्टासम्म ती मन्त्री फूलगुच्छा लिन र खादा ओढ्न व्यस्त हुनु भयो । पछि पालो नपाई फर्किनु पर्यो ।’ मन्त्रालयमा चाकडी गर्ने प्रथा अन्त्यका लागि स्वयम मन्त्री नै चनाखो हुनुपर्ने उनको भनाइ छ । ‘चाकडीलाई अन्त्य गर्ने हो भने मन्त्रीले नै यस्ता क्रियाकलापलाई निरुत्साही गर्नुपर्छ,’ राईले भने।
…