Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले जरुरी महत्वका कानून निर्माणलाई प्राथमिकतामा राखेको छ : सभामुख महरा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ६ २०७४
  • 4.3K
    SHARES

सभामुख कृष्णबहादुर महराले जरुरी महत्वका कानूनहरू बनाउने कामलाई सरकारले पहिलो प्राथमिकता दिएको बताएका छन्।

घोराही उपमहानगरपालिकाले मंगलबार आफ्नै कार्यकक्षमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले समय सापेक्ष रूपमा वैज्ञानिक ढंगको कानून निर्माणमा आफू जिम्मेवार रहेको बताएका हुन्। उनले स्थानीय तहलाई सहज ढंगले अघि बढ्ने गरी प्रदेश र संघले तयार गर्नुपर्ने कानूनहरू निर्माणमा प्राथमिकता दिने दिएको जानकारी दिए।

प्रदेश र संघको कानून निर्माण गर्नुपर्ने भएको हुँदा यो वर्षलाई नयाँ कानूनको अभ्यासका रूपमा लिनुपर्ने उनको तर्क थियो। उनले वैशाख १५ पछि बजेट निर्माणसँगै अन्य ऐन कानूनहरू निर्माणमा केन्द्रीत भएर सरकार लाग्ने जानकारी दिए।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सभामुख महराले दंगाली जनताका लागि आफ्नो जनप्रतिनिधि भूमिकामा अलिकति पनि कमी हुन नदिने विश्वास दिलाउन खोजेका थिए।

‘फेरिएको जिम्मेवारीसँगै सभामुखको हैसियतले अब आफू साझा व्यक्तित्व भएको भए पनि दंगाली जनताका लागि आफ्नो जनप्रतिनिधि भूमिकामा अलिकति पनि कमी महशुस हुन दिने छैन,’ महाराले भने।

तर, उनले व्यवहारबाटै साझा व्यक्तित्व देखाउने विश्वास व्यक्त गरेका थिए।

‘अब म कुनै दलको भूमिकामा छैन’, सभामुख महराले भने , ‘म सबैलाई समान दृष्टिकोणबाट व्यवहार गर्नेछु, कुनै दल विशेषका पक्षमा गतिविधि म बाट हुने छैन।’

त्यस्तै, सभामुख महराले सांसदमा निर्वाचित हुनुपूर्व घोषणा गरेका प्रतिबद्धताहरू पुरा गर्न आफूले निरन्तर पहल गरिरहने जानकारी दिए।

‘समग्र दाङको विकासमा आफूले गरेका प्रतिबद्धताहरू पुरा गर्नका लागि निरन्तर पहल गरिरहने छु,’ उनले भने। उनले विकास निर्माणका जरुरी आवश्यकताहरूलाई प्राथमिकताका आधारमा एकीकृत गरेर स्थानीय तहबाट योजनाहरू थप गरेर ल्याउन आग्रह गरेका थिए।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सभामुख महरालाई सम्मानपत्रसहित सम्मान गरेका थिए।

त्यस्तै, दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि घोराहीमा छुट्टै कार्यक्रमकाबीच सभामुख महरालाई स्वागत र सम्मान गरेको छ। महरा बुधबार तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको उनका प्रेस सल्लाहाकार डिल्ली मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४