Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृहमन्त्रीले बालकृष्ण ढुंगेललाई सुटुक्क भेटे पछी…


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ६ २०७४
  • 12.2K
    SHARES

६ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कैद सजाय भुक्तान गरिरहेका पूर्व सभासद् बालकृष्ण ढुंगेलसँग सुटुक्क भेटघाट गरेका छन् ।

मंगलबार कारागारको निरीक्षणका लागि भन्दै त्यहाँ पुगेका गृहमन्त्री थापाले ढुंगेललाई पनि भेटेका हुन् । ढुंगेल द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् ।

ढुंगेलसँगको भेटमा थापाले द्वन्द्वकालीन मुद्दालाई अरु मुद्दा जसरी हेर्न नमिल्ने भन्दै छुट्टै निर्णय गरेर रिहाइ गर्न पहल गर्ने बताए । ‘द्वन्द्वकालीन मुद्दालाई फरक ढंगले हेर्नु पर्छ’ उनले भने, ‘छुट्टै निर्णय गरेर रिहाइ गर्न पहल गर्छाैं ।’

भेटमा थापाले ढुंगेललाई उनको स्वास्थ्य स्थितिबारे चासो राखेका थिए । ढुंगेलले भने एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकताले जनतामा नयाँ आशा सिर्जना भएको भन्दै बधाइ दिएका थिए ।

ढुंगेल ०६४ सालमा ओखलढुंगाबाट सभासद्मा निर्वाचित भएका थिए ।

गृहमन्त्री रामबहादुर थापाले जेल जीवन विताइरहेका पुष्कर गौतमलाई पनि थापाले भेटेर रिहाइ गर्न पहल गर्ने आवश्वसन दिएका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४